उत्पत्ति 27:41
आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ ।
29मानिसहरूले तेरो सेवा गरून् र जाति-जातिहरूले तँलाई दण्डवत् गरून् । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून् । तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन् ।”
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
31उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्ना पिताकहाँ ल्याए । उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
34जब एसावले आफ्ना पिता इसहाकका कुरा सुने तब उनी अत्यन्तै विह्वल भई चर्को सोरले रोए र आफ्ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस् ।”
35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लग्यो ।”
36एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
40तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस् । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस् ।”
38एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए ।
6रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
12सायद मेरा पिताले मलाई छाम्नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष् होइन, सराप ल्याउनेछु ।”
13जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।”
28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
3तर मैले एसावलाई घृणा गरेको छु । मैले त्यसका पर्वतहरूलाई त्यागिएको बनाएको छु, र मैले त्यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु ।”
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन् ।”
19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”
33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे ।
34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे । यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए ।
10अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्नो मृत्युअगि तँलाई आशिष् देऊन् ।”