उत्पत्ति 27:40

अनलक शाब्दिक बाइबल

तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस्‌ । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 8:20-22 : 20 यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्‍नो निम्‍ति आफैले राजा नियुक्‍त गर्‍यो । 21 त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे। तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के । 22 त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ । त्यसै बेला लिब्ना पनि बागी भयो ।
  • उत्प 25:23 : 23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ ।”
  • २ शमू 8:14 : 14 तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो ।
  • १ राजा 11:15-17 : 15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो । 16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए । 17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।
  • उत्प 32:6 : 6 याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
  • २ राजा 14:7 : 7 नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे । तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ ।
  • २ राजा 14:10 : 10 तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”
  • १ इति 18:11-13 : 11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे । 12 सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे । 13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
  • २ इति 21:8 : 8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो, र तिनीहरूले आफ्‍नै राजा स्‍थापित गरे ।
  • २ इति 21:10 : 10 यसैले एदोम आजको दिनसम्‍मै यहूदाको अधीनताको विरुद्धमा छ । त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो, किनभने यहोरामले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।
  • २ इति 25:11-12 : 11 अमस्‍याहले साहस गरे र नूनको उपत्‍यकामा जानलाई आफ्‍ना मानिसहरूको नेतृत्‍व गरे । त्‍यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई पराजित गरे । 12 यहूदाका फौजले अरू दश हजार मानिसलाई जीवितै लिएर गए । तिनीहरूले उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगे र त्‍यहाँबाट तिनीहरूलाई तल खसालिदिए ताकि तिनीहरू सबै टुक्राटुक्रा भए ।
  • २ इति 28:17 : 17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।
  • भजन 60:8 : 8 मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”
  • ओबद 1:17-21 : 17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् । 18 याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।” 19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ । 20 निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् । 21 उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।
  • मत्त 10:34 : 34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 27:41-45
    5 पदहरू
    79%

    41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

    42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

    43यसकारण मेरो छोरो, मैले भनेको कुरा मान्‌ र हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा ।

    44तँप्रति तेरो दाजुको रिस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्‌ र

    45तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”

  • 39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।

  • उत्प 27:29-30
    2 पदहरू
    78%

    29मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

    30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

  • उत्प 27:35-37
    3 पदहरू
    75%

    35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

    37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

  • 11अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।

  • 10तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् ।

  • 10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • 11कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।

  • 12तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।”

  • 26त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।

  • 8ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।

  • 4उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”

  • 8उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।

  • 17तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने

  • 6एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्‍ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्‍मा तिमीले लेऊ ।'

  • 33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे ।

  • 9एसावले भने, “मेरा भाइ, मसित प्रशस्त छ । तिम्रो जे हो, ती आफैसित राख ।”