उत्पत्ति 27:33

अनलक शाब्दिक बाइबल

इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 28:3-4 : 3 सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्; तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्‍न सक्‍नेछस् । 4 उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”
  • रोमी 11:29 : 29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
  • एफिसी 1:3 : 3 परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
  • इब्रा 11:20 : 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।
  • अय्यू 21:6 : 6 मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
  • अय्यू 37:1 : 1 ¶ वास्‍तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
  • भजन 55:5 : 5 डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
  • यूह 10:10 : 10 यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
  • यूह 10:28-29 : 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन । 29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
  • रोमी 5:20-21 : 20 तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो । 21 ताकि जसरी पापले मृत्युद्वारा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 27:29-32
    4 पदहरू
    85%

    29मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

    30इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

    31उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

    32उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”

  • उत्प 27:18-27
    10 पदहरू
    84%

    18याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्‌?”

    19याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

    20इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।”

    21इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।”

    22याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

    23तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।

    24इसहाकले सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”

    25तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष्‌ दिऊँ ।” याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।

    26तब तिनका पिता इसहाकले तिनलाई भने, “ मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”

    27याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ ।

  • उत्प 27:34-39
    6 पदहरू
    83%

    34जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”

    35इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

    36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

    37इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

    38एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌ ।” एसाव डाँको छोडेर रोए ।

    39उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।

  • उत्प 27:4-7
    4 पदहरू
    80%

    4मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्‍युअगि म तँलाई आशिष्‌ दिऊँ ।”

    5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

    6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

    7‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।’

  • 10अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

  • 1¶ जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”

  • 12सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु ।”

  • 41आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

  • 11कृपया, तपाईंको लागि ल्याइएको यो उपहारलाई ग्रहण गर्नुहोस् किनभने परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ, र मसित प्रशस्तै छ ।” यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे ।