उत्पत्ति 25:29
याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
30एसावले याकूबलाई भने, “कृपया, मलाई त्यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो ।
31याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।”
32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”
33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे ।
34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे । यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए ।
25जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्तै रातो वर्णको जन्म्यो । तिनीहरूले त्यसको नाउँ एसाव राखे ।
26त्यसपछि त्यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्चा समातिरहेको थियो । त्यसको नाउँ याकूब राखियो । इसाहककी पत्नीले तिनीहरूलाई जन्माउँदा तिनी साठी वर्ष पुगेका थिए ।
27बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए ।
28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
31उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्ना पिताकहाँ ल्याए । उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको सिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
4मलाई मनपर्ने स्वादिष्ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्युअगि म तँलाई आशिष् दिऊँ ।”
5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्याउन मैदानमा गए ।
6रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
7‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्वादिष्ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्युअगि परमप्रभुको सामुन्ने तँलाई आशिष् दिन सकूँ ।’
19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।”
14तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी तयार गरिन् ।
15रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन् ।
25तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष् दिऊँ ।” याकूबले त्यो मासु आफ्ना पिताकहाँ ल्याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।
17अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन् ।
41आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ ।
33इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।”
36एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन् ।”