उत्पत्ति 2:7

अनलक शाब्दिक बाइबल

परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 15:45 : 45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
  • अय्यू 33:4 : 4 परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।
  • उप 12:7 : 7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
  • यशा 64:8 : 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
  • भजन 103:14 : 14 किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्‍नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
  • उत्प 3:19 : 19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
  • प्रेरि 17:25 : 25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
  • १ कोरि 15:47 : 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
  • रोमी 9:20 : 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ”
  • उत्प 7:22 : 22 जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।
  • अय्यू 27:3 : 3 जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।
  • उत्प 3:23 : 23 त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
  • यशा 2:22 : 22 मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
  • भजन 100:3 : 3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
  • उप 3:20-21 : 20 हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ । 21 मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?
  • भजन 139:14-15 : 14 म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ । 15 जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
  • अय्यू 33:6 : 6 हेर्नुहोस्, परमेश्‍वरको दृष्‍टिमा तपाईं जस्तो हुनुहुन्‍छ म पनि त्‍यस्‍तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
  • जक 12:1 : 1 ¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
  • २ कोरि 5:1 : 1 ¶ हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो ।
  • इब्रा 12:9 : 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
  • २ कोरि 4:7 : 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
  • यूह 20:22 : 22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।
  • अय्यू 4:19 : 19 माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।
  • गिन 16:22 : 22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”
  • नीति 20:27 : 27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
  • उप 3:7 : 7 लुगा च्यात्‍ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय ।
  • गिन 27:16 : 16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 2:18-24
    7 पदहरू
    77%

    18त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”

    19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।

    20मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।

    21परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।

    22परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।

    23मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”

    24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।

  • उत्प 2:8-9
    2 पदहरू
    77%

    8परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।

    9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।

  • उत्प 2:4-6
    3 पदहरू
    76%

    4परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।

    5पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।

    6तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।

  • उत्प 1:26-28
    3 पदहरू
    75%

    26परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।”

    27परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।

    28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”

  • उत्प 5:1-2
    2 पदहरू
    74%

    1¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।

    2उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।

  • 15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।

  • 45त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।

  • उत्प 3:19-20
    2 पदहरू
    72%

    19तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”

    20मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।

  • यहे 37:5-6
    2 पदहरू
    72%

    5परमप्रभु परमेश्‍वर यी हाडहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्‍न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।

    6म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्‍नेछु र तिमीहरूमा सास हाल्‍नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।’”

  • 7जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।

  • 10उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।

  • उत्प 3:22-23
    2 पदहरू
    70%

    22परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”

    23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।

  • 4परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।

  • 47पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।

  • 22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?

  • यहे 37:8-10
    3 पदहरू
    69%

    8मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्‍यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।

    9तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”

    10यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्‍यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए ।

  • उत्प 1:1-2
    2 पदहरू
    69%

    1¶ आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।

    2पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।

  • अय्यू 34:14-15
    2 पदहरू
    69%

    14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,

    15तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।

  • 22जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।

  • 24परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् ।” तब त्यस्तै भयो ।

  • भजन 104:29-30
    2 पदहरू
    67%

    29तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।

    30तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।

  • 5आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 21मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?

  • 3जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।

  • 8तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ ।

  • 1¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,