अय्यूब 32:8

अनलक शाब्दिक बाइबल

तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 2:6 : 6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।
  • उप 2:26 : 26 परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्‍वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
  • १ कोरि 2:10-12 : 10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ । 11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन । 12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।
  • अय्यू 38:36 : 36 बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?
  • याक 1:5 : 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
  • अय्यू 33:4 : 4 परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।
  • अय्यू 35:11 : 11 जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
  • १ राजा 3:12 : 12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन ।
  • १ राजा 4:29 : 29 परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो ।
  • १ कोरि 12:8 : 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
  • दानी 1:17 : 17 यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्‍टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्‍न सक्‍थे ।
  • दानी 2:21 : 21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
  • २ तिमो 3:16 : 16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
  • अय्यू 4:12-21 : 12 यति बेला कुनै कुरा गुप्‍तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो । 13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए । 14 त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे । 15 तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो । 16 त्यो आत्मा खडा भयो, तर त्‍यसको दृष्‍यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्‍वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनें, 17 “के मरणशील मानिस परमेश्‍वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ? 18 हेर्नुहोस्, परमेश्‍वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्‍न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने, 19 माटोका घरहरूमा बस्‍नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ? जसको जग धूलोमा छ, जो कीराभन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् । 20 बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्‍ट हुन्छन् । 21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।
  • १ राजा 3:28 : 28 जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।
  • उत्प 41:39 : 39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।
  • अय्यू 33:16 : 16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।

  • 4परमेश्‍वरका पवित्र आत्माले मलाई बनाउनुभएको छ । सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिएको छ ।

  • अय्यू 12:12-13
    2 पदहरू
    74%

    12पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।

    13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

  • 27मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।

  • 7मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।

  • १ कोरि 2:10-11
    2 पदहरू
    72%

    10परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।

    11मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।

  • 36बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?

  • 31उहाँले सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन उहाँका आत्माले भरिपूर्ण पार्नुभएको छ ।

  • 21मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?

  • 3जबसम्‍म मेरो जीवन ममा रहन्‍छ, अनि परमेश्‍वरको सास मेरो नाकमा रहन्‍छ, तबसम्‍म म यही कुरा गर्नेछु ।

  • 10उहाँकै हातमा हरेक जीवित प्राणीको जीवन, अनि सारा मानव-जातिको सास छ ।

  • 28मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”

  • 8सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन ।

  • 14मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?

  • अय्यू 34:14-16
    3 पदहरू
    69%

    14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,

    15तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।

    16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • 6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।

  • 3सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।

  • 13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

  • 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?

  • 12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 14मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।

  • 4कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो?

  • 14देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।

  • 10के तिनले तपाईंलाई सिकाउने र भन्‍ने छैनन् र? के तिनले आफ्ना हृदयहरूबाट वचन बोल्ने छैनन्?

  • 7जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।

  • 1¶ बुद्धिमान् मानिस को हो? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।

  • 16हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।

  • 20तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,

  • 5मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।

  • 10तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ?

  • 7परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।

  • 13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।

  • 13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 8तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?

  • 27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।

  • 30तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।

  • 12तपाईंले मलाई जीवन र करारको विश्‍वस्तता दिनुभएको छ । तपाईंको मदतले मेरो आत्माको रक्षा भएको छ ।

  • 10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।

  • 10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस् । परमेश्‍वरले कदापि दुष्‍ट काम गर्नुहुन्‍न । सर्वशक्तिमान्‌ले कदापि पाप गर्नुहुन्‍न ।

  • 4यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः

  • 5बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।

  • 15तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।

  • 18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

  • 5के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,

  • 2परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।