उत्पत्ति 25:21
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन् ।
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।
19अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो । अब्राहाम इसहाकका पिता भए ।
20पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
17त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे, र उहाँले अबीमेलेक, तिनकी पत्नी, र तिनका कमारीहरूलाई निको पार्नुभयो र तिनीहरूले छोरीछोरी जन्माउन सके ।
18किनभने अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो ।
35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।
6यसैकारण इसहाक गरारमा नै बसे ।
7त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”
8इसहाक त्यहाँ बसेको धेरै दिनपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्न पुगे । इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।
10यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–
66त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
67इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए ।'
2सारा गर्भवती भइन् र अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन् ।
3आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।
19परमेश्वरले भन्नुभयो, “होइन, तर तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्यही साल सय गुणा कटनी गरे । किनभने परमेश्वरले तिनलाई आशिष् दिनुभयो ।
5आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।
22परमेश्वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।
27यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।
2त्यसैले साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन । जानुहोस् मेरी कमारीसँग सुत्नुहोस् । सायद त्यसद्वारा मैले सन्तान प्राप्त गर्नेछु।” अब्रामले साराईको कुरा माने ।
51हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
30सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् ।
17परमेश्वरले लेआको पुकारा सुन्नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।
15त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन् । तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन् ।
2राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्वरको स्थानमा छु र?
46रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्यो । यदि याकूबले यस देशका स्त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्ये एउटीलाई विवाह गर्यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्छ र?”
5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्याउन मैदानमा गए ।
21तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।”
25इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्नो पाल त्यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।