उत्पत्ति 27:46

अनलक शाब्दिक बाइबल

रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्‍त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्‍यो । यदि याकूबले यस देशका स्‍त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‍यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ र?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:3 : 3 अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।
  • उत्प 26:34-35 : 34 चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए । 35 तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।
  • उत्प 28:8 : 8 कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्‍ने एसावले थाहा पाए ।
  • उत्प 34:1-2 : 1 ¶ अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् । 2 त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।
  • गिन 11:15 : 15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
  • १ राजा 19:4 : 4 तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।”
  • अय्यू 3:20-22 : 20 दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ? 21 जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ । 22 जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ?
  • अय्यू 7:16 : 16 म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।
  • अय्यू 14:13 : 13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।
  • योना 4:3 : 3 यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”
  • योना 4:9 : 9 तब परमप्रभुले योनालाई भन्‍नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्‍छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्‍छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 45तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”

  • उत्प 26:34-35
    2 पदहरू
    77%

    34चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए ।

    35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।

  • उत्प 28:1-2
    2 पदहरू
    74%

    1¶ इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।

    2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।

  • उत्प 24:3-5
    3 पदहरू
    74%

    3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु ।

    4तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”

    5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”

  • 20पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।

  • 8कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्‍ने एसावले थाहा पाए ।

  • उत्प 24:37-38
    2 पदहरू
    73%

    37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

    38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू ।'

  • उत्प 28:5-6
    2 पदहरू
    73%

    5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।

    6अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।”

  • 7त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”

  • उत्प 24:66-67
    2 पदहरू
    72%

    66त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो ।

    67इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए ।'

  • 51हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”

  • उत्प 27:5-7
    3 पदहरू
    72%

    5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

    6रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

    7‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।’

  • 42तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

  • उत्प 24:14-15
    2 पदहरू
    72%

    14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

    15त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् ।

  • 9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें ।”

  • 1¶ आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन् । उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु ।”

  • उत्प 24:45-46
    2 पदहरू
    71%

    45“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’

    46“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।

  • 32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”

  • 15रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।

  • 22तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्‍तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् ।

  • 2एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए । उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;