उत्पत्ति 28:8
कनानी स्त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्ने एसावले थाहा पाए ।
कनानी स्त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ भन्ने एसावले थाहा पाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
6अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।”
7याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
9तब एसाव इश्माएलकहाँ गए, र उनका आफ्ना पत्नीहरूबाहेक अब्राहामका छोरा इश्माएलकी छोरी र नबायोतकी बहिनी महलतलाई आफ्नी पत्नीको रूपमा ल्याए ।
1¶ इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।
2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
1¶ एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।
2एसावले कनानीहरूबाट आफ्ना पत्नीहरू ल्याए । उनका पत्नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा;
6एसावले आफ्ना पत्नीहरू, छोराछोरीहरू, र आफ्ना घरानाका सबै सदस्यहरू, आफ्ना पाल्तु पशुहरू, अनि कनान देशमा उनले प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्गै अर्को देशमा गए ।
28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् ।
34चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए ।
35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।
34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
46रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्यो । यदि याकूबले यस देशका स्त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्ये एउटीलाई विवाह गर्यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्छ र?”
41आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”
5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्याउन मैदानमा गए ।
6रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।
30इसहाकले आशिष् दिइसक्ने बित्तिकै याकूब आफ्ना पिता इसहाकको उपस्थितिबाट निस्केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।
22याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन् ।”
5एसावले हेर्दा तिनले स्त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।”
38एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए ।
15रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन् ।