उत्पत्ति 26:18

अनलक शाब्दिक बाइबल

तिनले आफ्‍ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 21:31 : 31 यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
  • गिन 32:38 : 38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।
  • भजन 16:4 : 4 तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन् । तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
  • हो 2:17 : 17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
  • जक 13:2 : 2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 26:15-17
    3 पदहरू
    88%

    15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्‍तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।

    16त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने, “हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हामीभन्दा ज्‍यादै शक्तिशाली छौ ।”

    17त्यसैले इसहाक त्‍यहाँबाट निस्‍केर गए अनि गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गरे ।

  • उत्प 26:19-22
    4 पदहरू
    87%

    19इसहाकका नोकरहरूले बेँसीमा खन्‍दा बगिरहेको पानीको मूल भेट्टाए ।

    20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।

    21तब तिनीहरूले अर्को इनार खने, र त्‍यसमा पनि तिनीहरूले झगडा गरे । यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे ।

    22तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्‍यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्‍यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौँ ।”

  • उत्प 26:31-33
    3 पदहरू
    81%

    31तिनीहरू बिहान सबेरै उठे र आपसमा शपथ खाए । अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरूले उनलाई शान्‍तिमा छाडेर गए ।

    32त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”

    33तिनले त्‍यस इनारको नाउँ शिबा राखे, यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म पनि बेर्शेबा नै छ ।

  • उत्प 26:25-26
    2 पदहरू
    80%

    25इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे । तिनले आफ्‍नो पाल त्‍यहीँ नै टाँगे, र तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने ।

    26एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत र आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए ।

  • 1¶ अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो । इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए ।

  • 11अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।

  • 25अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे ।

  • 6यसैकारण इसहाक गरारमा नै बसे ।

  • उत्प 21:30-32
    3 पदहरू
    71%

    30तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।”

    31यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।

    32तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे, र त्यसपछि अबीमेलेक र सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के ।

  • उत्प 29:2-3
    2 पदहरू
    71%

    2तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो ।

    3सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे । त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे ।

  • 19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।

  • 12इसहाकले त्यस देशमा बालीनाली लगाए, र त्‍यही साल सय गुणा कटनी गरे । किनभने परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो ।

  • 62अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।

  • गिन 21:17-18
    2 पदहरू
    70%

    17त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ,

    18हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार ।”

  • उत्प 26:8-9
    2 पदहरू
    69%

    8इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे । इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए ।

    9अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान्‌ भन्‍ने मैले सोचें ।”

  • 3आफू र साराबाट जन्मेको आफ्नो छोरोको नाउँ अब्राहामले इसहाक राखे ।

  • 9तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।

  • 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”

  • 16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।

  • 34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

  • 12के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”

  • 35तिनीहरूले इसहाक र रिबेकाको जीवनमा दुःख ल्याए ।