उत्पत्ति 29:24

अनलक शाब्दिक बाइबल

लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 30:9-9 : 9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् । 10 लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई । 11 लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् । 12 त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।
  • उत्प 46:18 : 18 लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् ।
  • उत्प 16:1 : 1 ¶ अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन्, तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई ।
  • उत्प 24:59 : 59 यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 29:25-31
    7 पदहरू
    88%

    25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌ । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”

    26लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन ।

    27यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु ।”

    28याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए ।

    29लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।

    30त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्‍दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।

    31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।

  • उत्प 30:9-10
    2 पदहरू
    87%

    9आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।

    10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • उत्प 29:21-23
    3 पदहरू
    82%

    21त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”

    22तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए ।

    23साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।

  • उत्प 29:15-19
    5 पदहरू
    81%

    15त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्‍याला कति हो मलाई भन ।”

    16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।

    17लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्‍दरी थिइन्‌ ।

    18याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु ।”

    19लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”

  • 12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।

  • उत्प 30:3-5
    3 पदहरू
    79%

    3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”

    4त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।

    5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • 18लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् ।

  • उत्प 30:16-20
    5 पदहरू
    75%

    16साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्‍नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते ।

    17परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।

    18लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।

    19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

    20लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।

  • 33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।

  • 26लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?

  • 26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।

  • 9याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।

  • 28त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”

  • 7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।