उत्पत्ति 46:18
लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्मा सोह्र जना छोरा जन्माइन् ।
लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्मा सोह्र जना छोरा जन्माइन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन् । लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तिस जना थिए ।
16गादका छोराहरू सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली थिए ।
17आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् । बरीआका छोराहरू हेबेर र मल्कीएल थिए ।
24नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्लेम थिए ।
25लाबानले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्हाले याकूबबाट जन्माएका सात जना छोरा यी नै थिए ।
26याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना सन्तान जम्मा छयसट्ठी जना थिए ।
27मिश्रमा जन्मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्मा सत्तरी जना थिए ।
21बेन्यामीनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द थिए ।
22राहेलबाट जन्मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्मा चौध जना थिए ।
12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।
9आफूले बच्ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्नी हुनलाई दिइन् ।
10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।
19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।
20लेआले भनिन्, “परमेश्वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।
25राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्ताली ।
26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
19याकूबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामीन थिए ।
16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
24लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
17परमेश्वरले लेआको पुकारा सुन्नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।
7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।
1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर ।
5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।
4दान, नप्ताली, गाद र आशेर ।
46र सोह्र हजार महिला थिए ।