उत्पत्ति 29:35

अनलक शाब्दिक बाइबल

तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 1:2 : 2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
  • उत्प 35:26 : 26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
  • उत्प 38:1-9 : 1 ¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे । 2 त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे । 3 तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो । 4 तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् । 5 तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् । 6 यहूदाले आफ्नो जेठो छोरा एर‍्को निम्ति एउटी पत्‍नी ल्याइदिए । तिनको नाउँ तामार थियो । 7 तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो । यसैकारण परमप्रभुले त्यसको प्राण लिनुभयो । 8 यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।” 9 त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो । 10 उसले जे गर्‍यो त्यो परमप्रभुको दृष्‍टिमा खराब थियो । परमप्रभुले त्यसको पनि प्राण लिनुभयो । 11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् । 12 त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए । 13 तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।” 14 तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन् । तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन् । किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन् । 15 जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने । 16 तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?” 17 उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु ।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्‍नुहुनेछ?” 18 उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् । 19 त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् । 20 यहूदाले ती स्‍त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्‍त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् । 21 त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।” 22 उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।” 23 यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।” 24 त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।” 25 जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।” 26 यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् । 27 तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो । 28 तिनले बच्‍चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।” 29 तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो । 30 त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।
  • उत्प 43:8-9 : 8 यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ । 9 म तिनको जमानी हुनेछु । तपाईंले मसित लेखा लिनुहुनेछ । मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्यसको दोषी हुनेछु ।
  • उत्प 44:18-34 : 18 त्यसपछि यहूदा योसेफको नजिक आएर भने, “मेरा मालिक, बिन्ती छ, कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ । 19 मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ?' 20 हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ, र उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि छ । तर तिनका दाजु मरिसके, र तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन्, र तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।' 21 त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।' 22 त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् । किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् ।' 23 तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।' 24 त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ । 25 हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।' 26 त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ ।' 27 तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ । 28 एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ । 29 अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।' 30 त्यसकारण म हजुरका दास मेरा पिताकहाँ पुग्दा ती ठिटा मसित छैनन् भने उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले 31 उहाँले मेरो साथमा ती ठिटालाई नदेख्‍नुहुँदा उहाँ मर्नुहुनेछ । तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन् । 32 किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु, र भनेको छु, 'मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु ।' 33 त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् । 34 किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।”
  • उत्प 46:12 : 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
  • उत्प 49:8-9 : 8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ । 9 यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्‍च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्‍यसलाई उठाउने आँट गर्छ? 10 यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् । 11 त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ । 12 त्‍यसका आँखा दाखमद्यजस्तै गाढा, र त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्‌ ।
  • व्यव 33:7 : 7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् ।
  • १ इति 5:2 : 2 यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 29:31-34
    4 पदहरू
    85%

    31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।

    32लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”

    33तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।

    34तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।

  • उत्प 38:3-5
    3 पदहरू
    78%

    3तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।

    4तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् ।

    5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।

  • उत्प 38:23-27
    5 पदहरू
    77%

    23यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।”

    24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”

    25जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।”

    26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।

    27तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।

  • उत्प 30:17-24
    8 पदहरू
    76%

    17परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।

    18लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।

    19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

    20लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।

    21त्यसपछि उनले एउटी छोरी जन्माइन् र त्यसको नाउँ दीना राखिन् ।

    22परमेश्‍वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्‍नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।

    23उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ ।”

    24उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”

  • 8गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।

  • 27यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।

  • उत्प 30:9-13
    5 पदहरू
    71%

    9आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।

    10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।

    11लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् ।

    12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।

    13लेआले भनिन्, “म सुखी छु । किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।

  • 17उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”

  • 4तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।

  • 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

  • 19त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् ।

  • 5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • 7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।

  • 6गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ ।

  • 20जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”

  • 3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”

  • 20तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्‍त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।

  • 2रूबेन, शिमियोन, लेवी र यहूदा,

  • 11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।