उत्पत्ति 38:3
तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।
तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् ।
5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।
6यहूदाले आफ्नो जेठो छोरा एर्को निम्ति एउटी पत्नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।
7तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो । यसैकारण परमप्रभुले त्यसको प्राण लिनुभयो ।
8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”
9त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।
3यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
4तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए ।
1¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।
2त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।
23तिनले आफ्नी पत्नीसित सहवास गरे । तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । त्यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।
34तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्यसको नाउँ लेवी राखियो ।
35तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् ।
19एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर् र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
23यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।”
24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”
25जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।”
26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।
27तिनको बच्चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।
23उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्वरले मेरो लाज हटाइदिनुभएको छ ।”
24उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”
2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
3यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
8गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।
18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।
15जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने ।
16तिनी आफ्नी बुहारी हुन् भन्ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्नका लागि मलाई के दिनुहुन्छ?”
18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।
29तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो ।
30त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो ।
5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।
34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
3यसैले होशे गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यो गर्भवती भई र तिनको निम्ती एउटा छोरो जन्माई ।