उत्पत्ति 38:4

अनलक शाब्दिक बाइबल

तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन् । तिनले त्यसको नाउँ ओनान राखिन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 46:12 : 12 यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
  • गिन 26:19 : 19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 38:2-3
    2 पदहरू
    86%

    2त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।

    3तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । त्यसको नाउँ एर् राखियो ।

  • उत्प 38:5-11
    7 पदहरू
    84%

    5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।

    6यहूदाले आफ्नो जेठो छोरा एर‍्को निम्ति एउटी पत्‍नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।

    7तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो । यसैकारण परमप्रभुले त्यसको प्राण लिनुभयो ।

    8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”

    9त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।

    10उसले जे गर्‍यो त्यो परमप्रभुको दृष्‍टिमा खराब थियो । परमप्रभुले त्यसको पनि प्राण लिनुभयो ।

    11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।

  • उत्प 29:33-35
    3 पदहरू
    74%

    33तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।

    34तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।

    35तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।

  • १ इति 2:3-4
    2 पदहरू
    72%

    3यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।

    4तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।

  • 19एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।

  • उत्प 38:26-27
    2 पदहरू
    71%

    26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।

    27तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।

  • 8गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।

  • उत्प 30:23-24
    2 पदहरू
    71%

    23उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ ।”

    24उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”

  • 19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

  • 17तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।

  • 12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 23तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।

  • 5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • 7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।

  • 38कान्छी छोरीले पनि एउटा छोरा जन्माइन्, र त्यसको नाउँ बेन-अमी राखिन् । वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन् ।

  • उत्प 4:1-2
    2 पदहरू
    68%

    1¶ मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”

    2अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।

  • 26यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।

  • 17परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।

  • 18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।

  • 2तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌ ।

  • 25आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”

  • १ इति 1:40-41
    2 पदहरू
    66%

    40शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।

    41अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।

  • 24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”

  • 3म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।