उत्पत्ति 3:20

अनलक शाब्दिक बाइबल

मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 2:20 : 20 मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
  • उत्प 2:23 : 23 मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
  • प्रेरि 17:26 : 26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
  • उत्प 5:29 : 29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
  • उत्प 16:11 : 11 परमेश्‍वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ ।
  • उत्प 29:32-35 : 32 लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।” 33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ । 34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो । 35 तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्‍यसको नाउँ यहूदा राखियो । त्‍यसपछि तिनले जन्‍माउन छोडिन्‌ ।
  • उत्प 35:18 : 18 उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए ।
  • निर्ग 2:10 : 10 बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ ।”
  • १ शमू 1:20 : 20 जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
  • मत्त 1:21 : 21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
  • मत्त 1:23 : 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 2:18-25
    8 पदहरू
    78%

    18त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”

    19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।

    20मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।

    21परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।

    22परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।

    23मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”

    24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।

    25मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।

  • उत्प 3:21-23
    3 पदहरू
    75%

    21परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।

    22परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”

    23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।

  • उत्प 3:16-17
    2 पदहरू
    74%

    16उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ ।”

    17आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।

  • 1¶ मानिसलेआफ्नी पत्‍नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”

  • 25आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”

  • १ तिमो 2:13-14
    2 पदहरू
    73%

    13किनभने आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा

    14र आदम छलिएका थिएन तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन् ।

  • उत्प 5:1-5
    5 पदहरू
    72%

    1¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।

    2उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।

    3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।

    4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

  • उत्प 3:11-13
    3 पदहरू
    71%

    11परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”

    12मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”

    13परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।”

  • 19तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”

  • उत्प 3:6-7
    2 पदहरू
    70%

    6जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।

    7तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।

  • 9परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”

  • 17कयिनले आफ्नी पत्‍नीसँग सहवास गरे, र तिनी गर्भवती भइन् । तिनले हनोकलाई जन्माइन् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे ।

  • 15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।

  • उत्प 1:27-28
    2 पदहरू
    67%

    27परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।

    28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”

  • 1¶ आदम, शेत, एनोश,

  • 7परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।

  • 2स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,

  • 45त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।

  • 5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’