उत्पत्ति 3:7
तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए ।
तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21परमप्रभु परमेश्वरले आदम र उनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।
22परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।
24परमेश्वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।
8अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्वरको नजरबाट लुके।
9परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
10मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्गै थिएँ । यसैकारण म लुकेँ ।”
11परमेश्वरले भन्नुभयो, “तँ नाङ्गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”
12मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”
13परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ ।”
24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
25मानिस र त्यसकी पत्नी दुवै नाङ्गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।
1¶ परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
2स्त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,
3तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्वरले भन्नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”
4सर्पले स्त्रीलाई भन्यो, “निश्चय नै तिमीहरू मर्नेछैनौ ।
5किनभने परमेश्वर जान्नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ ।”
6जब स्त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।
21दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।
22तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।
8परमप्रभु परमेश्वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो ।
9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
15परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्नुभयो ।
16परमप्रभु परमेश्वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्त्रता छ ।
17तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस् ।”
17आदमलाई उहाँले भन्नुभयो, “तैँले तेरी पत्नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।
18त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।
1¶ मानिसलेआफ्नी पत्नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
21परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
22परमप्रभु परमेश्वरले मानिसबाट झिक्नुभएको करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।
42तिनीहरूका नग्नता ढाक्नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।