उत्पत्ति 3:8

अनलक शाब्दिक बाइबल

अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 23:24 : 24 के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
  • भजन 139:1-9 : 1 ¶ हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ । 2 म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ । 3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ । 4 हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्‍यो पूर्ण रूपमा जान्‍नुहुन्छ । 5 मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्‍नुहुन्छ । 6 यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ । 7 तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्‍न सक्छु र? 8 आकाशमाथि उक्‍लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्‍नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ । 9 प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने, 10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ । 11 मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,” 12 तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
  • अय्यू 22:14 : 14 उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'
  • अय्यू 31:33 : 33 आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,
  • अय्यू 34:21-22 : 21 किनकि परमेश्‍वरको दृष्‍टि मानिसको चालमा हुन्‍छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ । 22 यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
  • अय्यू 38:1 : 1 ¶ तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो,
  • उत्प 3:10 : 10 मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
  • व्यव 4:33 : 33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ?
  • व्यव 5:25 : 25 तर हामी किन मर्ने? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ ।
  • व्यव 23:14 : 14 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।
  • नीति 15:3 : 3 परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।
  • आमो 9:2-3 : 2 तिनीहरूले खनेर पातालमा गए भने पनि, त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्‍नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु । 3 तिनीहरू कर्मेलको टुप्‍पोमा लुके भने पनि, त्यहाँ म तिनीहरूलाई खोज्‍नेछु र निकाल्‍नेछु । तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पिंधमा लुके भने पनि, त्यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्‍नेछ ।
  • योना 1:3 : 3 तर परमप्रभुको उपस्थितिबाट भाग्‍न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्‍पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।
  • योना 1:9-9 : 9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्‍वरको भय म मान्‍छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।” 10 त्‍यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए ।
  • रोमी 2:15 : 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।
  • इब्रा 4:13 : 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 3:9-13
    5 पदहरू
    87%

    9परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”

    10मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”

    11परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”

    12मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।”

    13परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ ।”

  • उत्प 3:1-7
    7 पदहरू
    83%

    1¶ परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”

    2स्‍त्रीले सर्पलाई भनिन्, “हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ,

    3तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ ।’”

    4सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ ।

    5किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ ।”

    6जब स्‍त्रीले त्यो रुखको फल खानमा असल, र हेर्नमा रहरलाग्दो, अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन्, तिनले त्यसका केही फलहरू टिपिन् र खाइन् । त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि त्यो खाए ।

    7तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।

  • उत्प 3:21-24
    4 पदहरू
    77%

    21परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो ।

    22परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”

    23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।

    24परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।

  • 25मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।

  • उत्प 2:8-9
    2 पदहरू
    76%

    8परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।

    9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।

  • उत्प 2:15-17
    3 पदहरू
    75%

    15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।

    16परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ ।

    17तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस् ।”

  • उत्प 3:17-18
    2 पदहरू
    71%

    17आदमलाई उहाँले भन्‍नुभयो, “तैँले तेरी पत्‍नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् ।

    18त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् ।

  • 33आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,

  • 13साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन ।

  • 23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

  • 19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।

  • 6तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।

  • 1¶ दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।

  • 17तर परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?

  • 11परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।

  • 1¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।

  • 29किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।

  • 21परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।

  • 16यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।

  • 14वास्तवमा, आज तपाईंले मलाई यस जग्‍गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्‍नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”

  • 15परमेश्‍वरले नोआलाई भन्‍नुभयो,

  • 8कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।