उत्पत्ति 30:20
लेआले भनिन्, “परमेश्वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
लेआले भनिन्, “परमेश्वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते ।
17परमेश्वरले लेआको पुकारा सुन्नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।
18लेआले भनिन्, “परमेश्वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।
19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।
5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।
6त्यसपछि राहेलले भनिन्, “परमेश्वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् ।
7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।
8राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्ताली राखिन् ।
9आफूले बच्ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्नी हुनलाई दिइन् ।
10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।
11लेआले भनिन्, “भाग्यमानी!” त्यसैले उनले त्यसको नाउँ गाद राखिन् ।
12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।
13लेआले भनिन्, “म सुखी छु । किनकि स्त्रीहरूले मलाई सुखी भन्ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
32लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
33तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन् । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्यसको नाउँ शिमियोन राखिन् ।
34तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्यसको नाउँ लेवी राखियो ।
35तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् ।
21त्यसपछि उनले एउटी छोरी जन्माइन् र त्यसको नाउँ दीना राखिन् ।
23साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
24लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
18लाबानले आफ्नी छोरी लेआलाई दिएकी कमारी जिल्पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्मा सोह्र जना छोरा जन्माइन् ।
23उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्वरले मेरो लाज हटाइदिनुभएको छ ।”
24उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन्, “परमप्रभुले मलाई अर्को छोरो दिनुभएको छ ।”
14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन् । लेआबाट याकूबका छोराछोरी जम्मा तेत्तिस जना थिए ।
3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”
16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
30म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?”
3इस्साखार, जबूलून, र बेन्यामीन,
18जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।