उत्पत्ति 31:22

अनलक शाब्दिक बाइबल

याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 30:36 : 36 लाबानले तिनी र याकूबको बिचमा तिन दिनको यात्राको अन्तर पनि राखे । त्यसैले याकूबले लाबानका बाँकी बगालहरू चराइरहे ।
  • निर्ग 14:5-9 : 5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।” 6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे । 7 तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए । 8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए । 9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए । 10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे । 11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको? 12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।” 13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ । 14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।” 15 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे । 16 तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् । 17 मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु । 18 तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।” 19 इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो । 20 यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् । 21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो । 22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो । 23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे । 24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो । 25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।” 26 परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।” 27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो । 28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन । 29 तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो । 30 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे । 31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
  • अय्यू 5:12-13 : 12 धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ । 13 उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 31:18-21
    4 पदहरू
    83%

    18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

    19लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।

    20अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।

    21आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।

  • उत्प 31:23-27
    5 पदहरू
    81%

    23त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।

    24राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।”

    25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

    26लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?

    27किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ ।

  • 36लाबानले तिनी र याकूबको बिचमा तिन दिनको यात्राको अन्तर पनि राखे । त्यसैले याकूबले लाबानका बाँकी बगालहरू चराइरहे ।

  • 36याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?

  • उत्प 29:12-13
    2 पदहरू
    73%

    12याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार र रिबेकाको छोरा भएको कुरा बताए । तब राहेल दौडेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइन्‌ ।

    13आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।

  • उत्प 31:1-4
    4 पदहरू
    73%

    1¶ याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”

    2याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।

    3तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”

    4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,

  • उत्प 31:30-31
    2 पदहरू
    73%

    30अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ?

    31याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ । त्यसैले म सुटुक्‍क भागेँ ।

  • 33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।

  • 25राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।

  • 43यसकारण मेरो छोरो, मैले भनेको कुरा मान्‌ र हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा ।

  • 55लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।

  • 47लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने ।

  • 28तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।

  • 4तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।

  • 21त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”

  • 7याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।