उत्पत्ति 33:18

अनलक शाब्दिक बाइबल

याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 24:1 : 1 ¶ त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
  • न्या 9:1 : 1 ¶ यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,
  • प्रेरि 7:16 : 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
  • यूह 4:5 : 5 त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
  • उत्प 25:20 : 20 पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए ।
  • उत्प 28:2 : 2 पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌ ।
  • उत्प 28:6-7 : 6 अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।” 7 याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
  • उत्प 35:9 : 9 याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
  • उत्प 46:15 : 15 यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए ।
  • यूह 3:23 : 23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 33:19-20
    2 पदहरू
    81%

    19त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।

    20त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।

  • 27याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।

  • 17याकूब सुक्‍कोततर्फ लागे । त्यहाँ तिनले डेरा हाले र आफ्ना गाईबस्तुहरूका निम्ति छाप्रा हाले । त्यसकारण त्यस ठाउँको नाउँ सुक्‍कोत राखियो ।

  • 25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

  • 6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।

  • 9याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।

  • 6शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए ।

  • 20हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने,

  • उत्प 28:10-11
    2 पदहरू
    70%

    10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।

    11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे । त्‍यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।

  • 1¶ तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।

  • 16तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।

  • 18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

  • 1¶ याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे ।

  • 5त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

  • 6अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।

  • 10तपाईंहरू हामीसितै बस्‍नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।”

  • 3तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।