उत्पत्ति 35:9
याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10परमेश्वरले तिनलाई भन्नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।
1¶ परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्वरको निम्ति एउटा वेदी बना ।”
3याकूबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
29याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
30याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
9याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर यहोवेले मलाई भन्नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्नति गराउनेछु ।'
27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
3तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”
6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।
7त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
2राती दर्शनमा परमेश्वर इस्राएलसँग यसो भन्दै बोल्नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
15परमेश्वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
27याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।
6अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन-आराममा पठाएको देखे । याकूबले तिनलाई आशीर्वाद दिएर यस्तो आज्ञा दिएको पनि उनले देखे “तैँले कनानी स्त्रीहरूबाट आफ्नो निम्ति पत्नी नलिनू ।”
7याकूबले आफ्ना बाबुआमाको आज्ञा मानेर पद्दन-आरामतर्फ गएको पनि एसावले देखे ।
10त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए, र तिनको उपस्थितिबाट निस्केर गए ।
13तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
13म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
10याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
1¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसित भेट गरे ।
2याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
24परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ । नडरा, किनभने म तँसँग छु र म तँलाई आशिष् दिनेछु । अनि मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु ।”
55लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।
20तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो
21भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ ।
2पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर् ।
3सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्; तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्न सक्नेछस् ।
3अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
11सपनामा परमेश्वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'
25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।
5र तिनीहरूलाई भने, “मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु, तर मेरा पिताका परमेश्वर मसित हुनुभएको छ ।
1¶ तब याकूब आफ्नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।
16तब याकूबले निद्राबाट ब्युँझेर भने, “निश्चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”