उत्पत्ति 35:13
तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22तिनीसँग कुरा गरिसक्नुभएपछि परमेश्वर अब्राहामदेखि छुट्टिनुभयो ।
14परमेश्वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए ।
15परमेश्वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
23त्यसपछि इसहाक बेर्शेबामा गए ।
33अब्राहामसित कुरा गरिसक्ने बित्तिकै परमप्रभु गइहाल्नुभयो, र अब्राहामचाहिँ आफ्नो घर फर्के ।
1¶ परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्वरको निम्ति एउटा वेदी बना ।”
13म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
3अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
10याकूब बेर्शेबा छोडेर हारानतिर लागे ।
11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ बास बसे । त्यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्नो सिरान बनाई त्यही ठाउँमा सुत्नलाई पल्टे ।
12तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्याङको सपना देखे । त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन् ।
13परमप्रभुले त्यसमाथि उभिएर याकूबलाई भन्नुभयो, “म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्वर र इसहाकका परमेश्वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस् त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु ।
9याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
3तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो ।
4तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे ।
7त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
27अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए ।
15हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्जेल म तँलाई छोड्नेछैनँ ।”
16तब याकूबले निद्राबाट ब्युँझेर भने, “निश्चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”
17तिनले डराएर भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ । यो त परमेश्वरको घरबाहेक अरू केही होइन । यो त स्वर्गको ढोका हो ।”
18याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिए । त्यसलाई खामोजस्तै गरी खडा गरेर त्यसको टुप्पामा तेल खन्याए ।
3अब्राम घोप्टो परे अनि परमेश्वरले तिनलाई भन्नुभयो,
18यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।
8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
3तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”
3मोशा परमेश्वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्नूः
1¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसित भेट गरे ।
20तब याकूबले यसो भनेर भाकल गरे, “यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो
21भने म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा फर्कन्छु, अनि परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ ।
45त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे ।
1¶ तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
12तब एसावले भने, “हामी आफ्नो बाटो लागौँ । म तिम्रो अगिअगि जानेछु ।”
5गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो ।
9याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर यहोवेले मलाई भन्नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्नति गराउनेछु ।'
12मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।”
27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
14परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”
2राती दर्शनमा परमेश्वर इस्राएलसँग यसो भन्दै बोल्नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ ।