उत्पत्ति 37:10

अनलक शाब्दिक बाइबल

आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 27:29 : 29 मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”
  • उत्प 37:7 : 7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ”
  • यशा 60:14 : 14 तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।
  • फिलि 2:10-11 : 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 37:4-9
    6 पदहरू
    87%

    4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।

    5योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।

    6उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् ।

    7हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ”

    8उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।

    9उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”

  • उत्प 37:11-12
    2 पदहरू
    82%

    11उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।

    12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।

  • उत्प 37:18-20
    3 पदहरू
    79%

    18तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।

    19उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ ।

    20अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।”

  • 19तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”

  • 5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

  • 31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • उत्प 42:6-7
    2 पदहरू
    73%

    6योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

    7योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।”

  • 13मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।”

  • 2याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।

  • उत्प 45:3-4
    2 पदहरू
    73%

    3योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए ।

    4त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।

  • 27आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने ।

  • उत्प 43:6-7
    2 पदहरू
    72%

    6इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ?”

    7तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र?

  • 9त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”

  • उत्प 50:16-18
    3 पदहरू
    72%

    16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो

    17‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।

    18तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”

  • 36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

  • 8तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”

  • 11तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।

  • 14यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्के । तिनी अझै पनि त्यहीँ नै थिए र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

  • 16योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।”

  • 23तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'

  • 9हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।