उत्पत्ति 37:2

अनलक शाब्दिक बाइबल

याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 35:25-26 : 25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली । 26 लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।
  • १ शमू 2:22-24 : 22 यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने । 23 तिनले उनीहरूलाई भने, “तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु ।” 24 हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ ।
  • १ कोरि 11:18 : 18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।
  • यूह 7:7 : 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
  • १ कोरि 1:11 : 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
  • १ कोरि 5:1 : 1 ¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
  • उत्प 2:4 : 4 परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
  • उत्प 5:1 : 1 ¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
  • उत्प 6:9 : 9 यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।
  • उत्प 10:1 : 1 ¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
  • उत्प 30:4 : 4 त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।
  • उत्प 30:9 : 9 आफूले बच्‍ची जन्माउन छोडेकी देखेर उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन् ।
  • उत्प 35:22 : 22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 37:3-6
    4 पदहरू
    79%

    3इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।

    4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।

    5योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।

    6उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् ।

  • उत्प 37:10-12
    3 पदहरू
    77%

    10आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”

    11उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।

    12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।

  • 1¶ याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे ।

  • 46मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।

  • 5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।

  • 23जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए ।

  • उत्प 37:31-32
    2 पदहरू
    73%

    31तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे।

    32त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।”

  • 19याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए ।

  • उत्प 37:16-18
    3 पदहरू
    73%

    16योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।”

    17त्यस मानिसले भने, “तिनीहरू यस ठाउँबाट गइसके, तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ, ‘हामी दोतानतिर जाऔँ ।’” योसेफ आफ्ना दाजुहरूका पछिपछि गए र तिनीहरूलाई दोतानमा भेट्टाए ।

    18तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।

  • 13तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।”

  • 72%

    13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।

    14आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।

  • 28याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।

  • 7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।

  • 36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

  • 24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • 12योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।

  • 28मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।

  • 22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।

  • 32हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।'

  • 1¶ यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।

  • 9कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।