प्रेरितहरूको काम 7:9

अनलक शाब्दिक बाइबल

कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 39:2 : 2 परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र उनी एक समृद्ध मानिस भए । उनी आफ्ना मिश्री मालिकका घरमा बस्थे ।
  • भजन 105:17 : 17 उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
  • उत्प 45:4 : 4 त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।
  • उत्प 49:23-24 : 23 धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् र त्‍यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् । 24 तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
  • उत्प 50:15-20 : 15 बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?” 16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो 17 ‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए । 18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।” 19 तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र? 20 तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ ।
  • यशा 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यशा 43:2 : 2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
  • मत्त 27:18 : 18 किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
  • उत्प 39:5 : 5 तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।
  • उत्प 39:21-23 : 21 तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो । 22 झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो । 23 उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो ।
  • उत्प 37:4-9 : 4 उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे । 5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् । 7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ” 8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।” 10 आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” 11 उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
  • उत्प 37:18-29 : 18 तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे । 19 उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ । 20 अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।” 21 रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।” 22 तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।” 23 जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए । 24 तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए । त्यो खाडलमा पानी थिएन र त्यो सुक्‍खा थियो । 25 तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए । 26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? 27 आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने । 28 मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे । 29 पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 79%

    10र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।

    11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।

    12तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।

    13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।

  • 8अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।

  • 17उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।

  • उत्प 39:1-2
    2 पदहरू
    75%

    1¶ योसेफलाई मिश्रमा लगियो । अङ्गरक्षकहरूका एक मिश्री कप्‍तान फारोका अधिकारी पोतीफरले उनलाई इश्माएलीहरूबाट किने ।

    2परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र उनी एक समृद्ध मानिस भए । उनी आफ्ना मिश्री मालिकका घरमा बस्थे ।

  • 36मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

  • उत्प 45:4-5
    2 पदहरू
    74%

    4त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।

    5तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।

  • उत्प 37:11-12
    2 पदहरू
    74%

    11उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।

    12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।

  • 73%

    17परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।

    18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।

    19ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।

  • उत्प 37:27-28
    2 पदहरू
    73%

    27आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने ।

    28मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।

  • उत्प 45:7-8
    2 पदहरू
    73%

    7पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो ।

    8त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो, र उहाँले मलाई फारोका पिता, तिनका सबै घरानाका मालिक र सारा मिश्र देशका शासक तुल्याउनुभएको छ ।

  • 18तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।

  • उत्प 37:2-5
    4 पदहरू
    72%

    2याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।

    3इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।

    4उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।

    5योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।

  • 7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।

  • 5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।

  • 15इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,

  • 2यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—

  • 6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।

  • 5तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।

  • 17जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।

  • 21तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो ।

  • 15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।

  • 28गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए ।

  • 12योसेफले आफ्‍ना बुबा, दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।

  • 7योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू, साथै