उत्पत्ति 38:12

अनलक शाब्दिक बाइबल

त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 15:10 : 10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।
  • न्या 14:1 : 1 ¶ शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे ।
  • उत्प 24:67 : 67 इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए ।'
  • २ शमू 13:39 : 39 दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
  • उत्प 31:19 : 19 लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।
  • उत्प 38:1 : 1 ¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।
  • १ शमू 25:4-8 : 4 नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने । 5 त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर । 6 तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् । 7 तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौं र तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् । 8 तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”
  • १ शमू 25:36 : 36 अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
  • २ शमू 13:23-29 : 23 पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए । 24 अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।” 25 राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए । 26 तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?” 27 अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए । 28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?” 29 त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।
  • यहो 15:35 : 35 यर्मूत, अदूल्लाम, सोको, आजेका,
  • यहो 15:37 : 37 सनान, हदाशा, मिग्‍दलाद,
  • यहो 15:57 : 57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
  • यहो 19:43 : 43 यसमा एलोन, तिम्‍ना, एक्रोन,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 38:13-16
    4 पदहरू
    84%

    13तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।”

    14तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन् । तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन् । किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन् ।

    15जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने ।

    16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।

  • उत्प 38:1-2
    2 पदहरू
    78%

    1¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।

    2त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।

  • उत्प 38:19-27
    9 पदहरू
    73%

    19त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् ।

    20यहूदाले ती स्‍त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्‍त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् ।

    21त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।”

    22उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।”

    23यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।”

    24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”

    25जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।”

    26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।

    27तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।

  • उत्प 38:5-6
    2 पदहरू
    72%

    5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।

    6यहूदाले आफ्नो जेठो छोरा एर‍्को निम्ति एउटी पत्‍नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।

  • १ इति 2:3-4
    2 पदहरू
    68%

    3यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।

    4तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।

  • न्या 11:37-38
    2 पदहरू
    67%

    37उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”

    38तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।

  • 26जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।

  • 8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”

  • 12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 19तिनकी बुहारी, पीनहासकी पत्‍नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्‍वरको सन्दुक कब्‍जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो ।

  • 12परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।

  • 2तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी ।