उत्पत्ति 38:14

अनलक शाब्दिक बाइबल

तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन् । तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन् । किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 38:26 : 26 यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।
  • नीति 7:12 : 12 त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
  • यिर्मि 3:2 : 2 नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्‍यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्‍दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्‍टताले तैंले देशलाई दुषित पारेको छेस् ।
  • यहे 16:25 : 25 हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता-थान बनाइस्‌ र तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस्, अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् र तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्‌ ।
  • उत्प 24:65 : 65 तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌ ।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌ ।
  • उत्प 38:11-13 : 11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् । 12 त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए । 13 तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 38:18-27
    10 पदहरू
    85%

    18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।

    19त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् ।

    20यहूदाले ती स्‍त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्‍त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् ।

    21त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।”

    22उनी यहूदाकहाँ फर्के र भने, “मैले त्यसलाई भेट्टाइनँ । र त्यस ठाउँका मानिसहरूले पनि भने, ‘मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन’ ।”

    23यहूदाले भने, “त्यसले नै ती सामानहरू राखोस्, र हामी शर्ममा पर्नेछैनौँ । मैले त यो पाठो पठाएकै हो, तर तिमीले त्यसलाई भेट्टाएनौ ।”

    24त्यसको करिब तिन महिनापछि यहूदालाई भनियो, “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे, र त्यो गर्भवती भएकी छे । ” यहूदाले भने, “त्यसलाई मकहाँ ल्याओ र त्यसलाई जलाइयोस् ।”

    25जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस् ।”

    26यहूदाले ती सामानहरू चिने र भने, “मैले यिनलाई मेरो छोरो शेलहकी पत्‍नी हुन नदिएको हुनाले यिनी मभन्दा पनि धेरै धर्मी छिन्, ।” त्यसपछि उनी कहिल्यै तिनीसँग सुतेनन् ।

    27तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।

  • उत्प 38:11-13
    3 पदहरू
    85%

    11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् ।

    12त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए ।

    13तामारलाई यसो भनियो, “हेर, तिम्रा ससुरा आफ्ना भेडा कत्रन तिम्‍ना जाँदै हुनुहुन्छ ।”

  • उत्प 38:15-16
    2 पदहरू
    84%

    15जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने ।

    16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • २ शमू 13:18-20
    3 पदहरू
    76%

    18तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्‍द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।

    19तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।

    20उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन् ।

  • उत्प 38:5-6
    2 पदहरू
    74%

    5तिनले फेरि अर्को छोरो जन्माइन् र त्यसको नाउँ शेलह राखिन् ।

    6यहूदाले आफ्नो जेठो छोरा एर‍्को निम्ति एउटी पत्‍नी ल्याइदिए । तिनको नाउँ तामार थियो ।

  • उत्प 38:1-2
    2 पदहरू
    71%

    1¶ त्यस समयमा यहूदा आफ्ना दाजुभाइहरूलाई छोडेर हीरा नाउँ भएको कुनै एउटा अदुल्लामवासीकहाँ बस्दथे ।

    2त्यहाँ उनले एउटा कनानी मानिसकी छोरीलाई भेटे जसको नाम शूआ थियो । उनले तिनीसँग विवाह गरे र सहवास गरे ।

  • न्या 11:37-38
    2 पदहरू
    70%

    37उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”

    38तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।

  • 14तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”

  • 8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का ।”

  • 13जब योसेफ आफ्ना लुगा छोडेर बाहिर भागेका तिनले देखिन्,

  • 12परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।

  • 14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'