रूत 3:14

अनलक शाब्दिक बाइबल

तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ कोरि 8:21 : 21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
  • रोमी 14:16 : 16 यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
  • १ पत्रु 2:12 : 12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।
  • १ थेस 5:22 : 22 सबै किसिमको खराबीलाई त्याग ।
  • १ कोरि 10:32 : 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
  • उप 7:1 : 1 ¶ महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ ।
  • रोमी 12:17 : 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रूत 3:12-13
    2 पदहरू
    86%

    12म कुटम्ब हुँ भन्‍ने कुरा सत्य हो, तर मभन्दा नजिकका एक जना कुटुम्ब हुनुहुन्छ ।

    13आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।

  • रूत 3:1-10
    10 पदहरू
    84%

    1¶ तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?

    2तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।

    3यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।

    4तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”

    5रूथले नाओमीलाई भनिन्, “तपाईंले भन्‍नुभएका सबै कुरा म गर्छु ।”

    6त्यसैले तिनी तल खलामा गइन् र तिनले तिनकी सासूले तिनलाई दिएका निर्देशनहरूअनुसार गरिन् ।

    7जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्‍नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।

    8मध्यराततिर ती मानिस झसङ्ग भए । तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन् ।

    9तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”

    10बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।

  • रूत 3:15-18
    4 पदहरू
    81%

    15त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।

    16जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।

    17तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”

    18अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”

  • न्या 19:26-28
    3 पदहरू
    77%

    26झिसमिसेमा त्यो स्‍त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।

    27त्यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिंडे । तिनले आफ्नी उपपत्‍नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे ।

    28ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे ।

  • रूत 2:13-19
    7 पदहरू
    76%

    13तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”

    14खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप ।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्‍न दिए । तिनले अघाइन्ञ्‍जेलसम्म खाइन् र केही उबारिन् ।

    15तिनी अन्‍न बटुल्न उठ्दा, बोअजले तिनका जवान मानिसहरूलाई यसो भन्‍दै आज्ञा दिए, “तिनलाई बिटाहरूको बिचतिर पनि अन्‍न बटुल्न देऊ र तिनलाई नबटुल नभन् ।

    16साथै बिटाहरूबाट तिनको निम्ति केही अन्‍नका बालाहरू थुतेर निकाल, र तिनलाई बटुल्‍नको निम्ति तिनीहरूलाई छोडिदेऊ अनि तिनलाई नहप्काऊ ।”

    17त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो ।

    18तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् र तिनलाई दिइन् ।

    19तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”

  • रूत 2:5-8
    4 पदहरू
    75%

    5त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”

    6कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।

    7तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्‍न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”

    8बोअजले रूथलाई भने, “मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ? शिला-बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ; मेरो खेत नछोड । बरु, यहाँ नै बस र मेरा महिला कामदारहरूसँगै काम गर ।

  • 8ती मानिसहरू राति सुत्‍नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् ।

  • 23त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।

  • न्या 19:4-9
    6 पदहरू
    73%

    4तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।

    5चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”

    6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”

    7जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए ।

    8पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।

    9जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”

  • 16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 16ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ ।

  • 10तब तिनी बोअजको सामु झुकिन् र घोप्टो परेर दण्डवत गरिन् । तिनले उनलाई भनिन्, “म विदेशीप्रति तपाईं चिन्तित हुने गरी तपाईंको नजरमा मैले किन कृपा पाएकी छु?”

  • 19त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन् ।

  • 16तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।”

  • 21मोआबी महिला रूथले भनिन्, “ तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”

  • 9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।

  • 5तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।”

  • 20त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।

  • 11प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।

  • 19ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।

  • 35यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।