रूत 3:15
त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।
त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।
17तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”
18अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”
14खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप ।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्न दिए । तिनले अघाइन्ञ्जेलसम्म खाइन् र केही उबारिन् ।
15तिनी अन्न बटुल्न उठ्दा, बोअजले तिनका जवान मानिसहरूलाई यसो भन्दै आज्ञा दिए, “तिनलाई बिटाहरूको बिचतिर पनि अन्न बटुल्न देऊ र तिनलाई नबटुल नभन् ।
16साथै बिटाहरूबाट तिनको निम्ति केही अन्नका बालाहरू थुतेर निकाल, र तिनलाई बटुल्नको निम्ति तिनीहरूलाई छोडिदेऊ अनि तिनलाई नहप्काऊ ।”
17त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्नका बालाहरू कुटिन् र अन्न झण्डै पाँच पाथी जति भयो ।
18तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्न निकालिन् र तिनलाई दिइन् ।
19तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”
13आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।
14तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्न सक्ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”
1¶ तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?
2तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।
3यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।
4तर जब तिनी सुत्छन् तिनी सुत्ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”
5रूथले नाओमीलाई भनिन्, “तपाईंले भन्नुभएका सबै कुरा म गर्छु ।”
6त्यसैले तिनी तल खलामा गइन् र तिनले तिनकी सासूले तिनलाई दिएका निर्देशनहरूअनुसार गरिन् ।
7जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।
8मध्यराततिर ती मानिस झसङ्ग भए । तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन् ।
9तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”
23त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।
2यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।
5त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”
6कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।
7तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”
6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।
7त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।
21मोआबी महिला रूथले भनिन्, “ तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”
16तिनी आफ्नी बुहारी हुन् भन्ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्नका लागि मलाई के दिनुहुन्छ?”
17उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु ।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्नुहुनेछ?”
18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।
19त्यसपछि तिनी उठेर गइहालिन् । तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्त्र लगाइन् ।
15त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो ।
16तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्नुहोस् । अनि आफ्नो बाटो लाग्नुहोस् ।”
6तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् ।
18तिनले “हजूर, पिउनुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी पियाइन् ।
9मानिसहरूले कटनी गरेको ठाउँमा हेरिराख र अरु महिलाहरूलाई पछ्याऊ । के मैले पुरुषहरूलाई तिमीलाई नछुनू भनी निर्देशन् दिएको छैन र? तिमीलाई तिर्खा लागेको बेला घैलाहरू भएको ठाउँमा जाऊ र मानिसहरूले भरेर ल्याएका पानी पिऊ ।”
10तब तिनी बोअजको सामु झुकिन् र घोप्टो परेर दण्डवत गरिन् । तिनले उनलाई भनिन्, “म विदेशीप्रति तपाईं चिन्तित हुने गरी तपाईंको नजरमा मैले किन कृपा पाएकी छु?”
11बोअजले जवाफ दिए र तिनलाई भने, “तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको छ । आफ्नो सासूलाई पछ्याउन र तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा-आमा र आफ्नो जन्म थलो छोडेकी छ्यौ ।
11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”
22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
2मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”
3रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्नहरूको शिला-बाला खोजिन् । तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन् ।
20तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुँडमा खन्याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन् ।
16तिनको मालिक घर नआउन्जेलसम्म तिनले त्यो लुगा आफ्नै साथमा राखिन् ।
65तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्न बाहिर हिँड्दै आउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन् ।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन् ।
16ती जवान स्त्री अत्यन्त सुन्दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन् ।
19ती मानिसकी पत्नीले त्यो इनारको ढकनी ल्याइन् र इनारको मुख ढाकिन् अनि त्यसमाथि बिस्कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।
21राहबले जवाफ दिए, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस् ।” तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन् ।
19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।