उत्पत्ति 24:65

अनलक शाब्दिक बाइबल

तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌ ।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 20:16 : 16 सारालाई तिनले भने, “हेर, मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु । तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ, र सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु ।”
  • १ कोरि 11:5-6 : 5 तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो । 6 यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
  • १ कोरि 11:10 : 10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
  • १ तिमो 2:9 : 9 यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 24:66-67
    2 पदहरू
    82%

    66त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो ।

    67इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए ।'

  • उत्प 24:61-64
    4 पदहरू
    82%

    61तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्‍यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो ।

    62अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।

    63इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।

    64रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।

  • उत्प 24:51-54
    4 पदहरू
    77%

    51हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे । त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌ ।”

    52तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो ।

    53तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो । त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ उपहारहरू दियो ।

    54तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌ ।”

  • उत्प 24:14-18
    5 पदहरू
    77%

    14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

    15त्‍यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्‌ । तिनी अब्राहामका भाइ नाहोरकी पत्‍नी मिल्‍काको छोरो बतूएलकी छोरी थिइन् ।

    16ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन्‌ र उक्‍लेर आइन्‌ ।

    17तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”

    18तिनले “हजूर, पिउनुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन् ।

  • उत्प 24:28-31
    4 पदहरू
    75%

    28तब ती कन्‍या गइन् र आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्‌ ।

    29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।

    30जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।

    31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”

  • उत्प 24:42-48
    7 पदहरू
    75%

    42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,

    43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा

    44तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्‍त्री त्यही होस् ।

    45“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’

    46“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।

    47“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ ।

    48अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो ।

  • उत्प 24:57-59
    3 पदहरू
    73%

    57तिनीहरूले भने, “हामी कन्‍यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ ।”

    58अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु ।”

    59यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए ।

  • 34त्‍यसले भन्‍यो, “म अब्राहामको एक नोकर हुँ ।

  • 7त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्‌” भने । किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन् ।”

  • 39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला?'

  • 15जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने ।

  • उत्प 24:20-21
    2 पदहरू
    71%

    20तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।

    21त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।

  • उत्प 24:23-24
    2 पदहरू
    71%

    23भन्‍यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”

    24तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ ।”

  • उत्प 24:4-5
    2 पदहरू
    71%

    4तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस् ।”

    5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने?”

  • 15रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।

  • 5इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

  • 37मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू ।

  • रूत 3:14-15
    2 पदहरू
    70%

    14तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”

    15त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।

  • 16तिनको मालिक घर नआउन्जेलसम्म तिनले त्यो लुगा आफ्नै साथमा राखिन् ।