उत्पत्ति 45:28

अनलक शाब्दिक बाइबल

इस्राएलले भने, “अब पुग्यो । मेरो छोरो योसेफ अझै जीवित छ । म मर्नुअगि गएर त्यसलाई हेर्नेछु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 46:30 : 30 इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।”
  • लू 2:28-30 : 28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् । 30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
  • यूह 16:21-22 : 21 जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन । 22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 46:28-31
    4 पदहरू
    86%

    28गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए ।

    29योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए । योसेफले आफ्ना बुबालाई देखे, र बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए ।

    30इस्राएलले योसेफलाई भने, “अब मलाई मर्न देओ, किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस् ।”

    31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

  • उत्प 45:25-27
    3 पदहरू
    81%

    25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।

    26तिनीहरूले तिनलाई भने, “योसेफ अझै जीवितै छन्, र तिनी सारा मिश्र देशभरिको शासक भएका छन् ।” योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए ।

    27योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए । याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो ।

  • 21इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।

  • उत्प 48:1-2
    2 पदहरू
    76%

    1¶ यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।

    2जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।

  • उत्प 48:8-11
    4 पदहरू
    76%

    8योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”

    9योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”

    10त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले ।

    11इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो ।”

  • उत्प 50:24-25
    2 पदहरू
    76%

    24तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”

    25अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।”

  • 9हतार-हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन, “तपाईंका छोरा योसेफ यसो भन्छन्, 'परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको छ । मकहाँ आउन विलम्ब नगर्नुहोस् ।

  • 5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”

  • उत्प 47:28-30
    3 पदहरू
    74%

    28याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।

    29जब इस्राएलको मर्ने बेला आयो, तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने, “यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता र भरोसा देखा । कृपा गरेर मलाई मिश्रदेशमा नगाड्‌ ।

    30म मेरा पिता-पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे ।” योसेफले भने, “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु ।”

  • 4म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु, अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ ।”

  • 27तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?”

  • 14आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।

  • 17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।

  • उत्प 45:3-4
    2 पदहरू
    72%

    3योसेफले आफ्ना दाजुहरूलाई भने, “म योसेफ हुँ । के मेरा पिता अझै जीवितै हुनुहुन्छ?” तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए ।

    4त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने, “बिन्ती छ, मेरो नजिक आओ ।” तिनीहरू नजिक आए । तिनले भने, “म तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ ।

  • 1¶ तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।

  • 16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो

  • 8यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।

  • 15इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,

  • 13मैले मिश्रमा हासिल गरेको इज्‍जत र मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू । हतारसँग गएर मेरा पितालाई ल्याओ ।”

  • 25राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।

  • 2तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”