उत्पत्ति 46:25

अनलक शाब्दिक बाइबल

लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 29:29 : 29 लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
  • उत्प 30:3-8 : 3 उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।” 4 त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते । 5 बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई । 6 त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् । 7 राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई । 8 राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् ।
  • उत्प 35:22 : 22 इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।
  • उत्प 35:25 : 25 राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली ।
  • निर्ग 1:2 : 2 रूबेन, शिमियोन, लेवी र यहूदा,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 46:21-22
    2 पदहरू
    86%

    21बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए ।

    22राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए । यिनीहरू जम्‍मा चौध जना थिए ।

  • उत्प 46:18-19
    2 पदहरू
    82%

    18लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए । तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन् ।

    19याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए ।

  • उत्प 46:26-27
    2 पदहरू
    81%

    26याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए ।

    27मिश्रमा जन्‍मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्‍मा सत्तरी जना थिए ।

  • उत्प 46:14-15
    2 पदहरू
    81%

    14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।

    15यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन-आराममा जन्‍माएका छोराहरू, तिनकी छोरी दीनासमेत हुन्‌ । लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए ।

  • उत्प 35:22-26
    5 पदहरू
    78%

    22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।

    23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

    24राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन ।

    25राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली ।

    26लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए ।

  • 7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।

  • उत्प 30:3-5
    3 पदहरू
    76%

    3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”

    4त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।

    5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • 24नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए ।

  • उत्प 29:28-29
    2 पदहरू
    73%

    28याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे । तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए ।

    29लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए ।

  • 7याकूबले आफ्‍ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे ।

  • 13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।

  • 5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।

  • 19लेआ फेरि गर्भवती भइन् र उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन् ।

  • 10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।

  • 12त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई ।

  • 16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।

  • १ इति 2:1-2
    2 पदहरू
    69%

    1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

    2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

  • 14आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।