हबक्कूक 3:9
तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
11तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्च स्थानमा अडिरहे ।
12तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
13तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला
14तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
15तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।
6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
7मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
8के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
15आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला
16हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
17बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
18तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
3त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्ट गर्नुभयो । सेला
4पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्छ र आफ्नो माहिमा प्रकट गर्नुहुन्छ ।
4हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
5तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
10तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
3हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
9हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
12तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।
13तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्यो ।
6बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्ट पार्नुहोस् । तपाईंका काँडहरू हान्नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
3त्यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
35उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
13उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
3तपाईंका मानिसहरूले तपाईंको शक्तिको दिनमा आफ्नै स्वइच्छाले पवित्र वस्त्रमा तपाईंको पछि लाग्नेछन् । प्रभातको गर्भदेखि नै तपाईंको जवानी तपाईंको निम्ति शीतझैं हुनेछ ।
11त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
10के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
15स्वर्गबाट तल हेर्नुहोस् र आफ्नो पवित्र र महिमित वासस्थानबाट दृष्टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।
13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्च छ ।
5ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
3समुद्रले हेर्यो र भाग्यो । यर्दन पछि फर्कियो ।
6तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्नुभयो । पानीले पहाडहरू ढाके ।
49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्?
4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।
7पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्ना काँडाहरू हान्दा, तिनका चुच्चो नभएजस्तै ती होऊन् ।
9उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्नुहुन्छ र भालाहरू काट्नुहुन्छ । उहाँले ढालहरूलाई जलाउनुहुन्छ ।
3दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
12किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्नो धनुमा तान्नुहुनेछ ।
25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।
34युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।