न्यायाधीश 5:4
हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए । इस्राएलका परमप्रभु परमेश्वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्यो ।
7हे परमेश्वर, जब तपाईं आफ्ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिंड्नुभयो, सेला
8तब पृथ्वी काम्यो । परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो ।
9हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
9तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
1¶ ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए,
2जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त, तपाईंको उपस्थितिमा जातिहरू काम्ने थिए ।
3पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
3ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गाउनेछु ।
4उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
5परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
16हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
17बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
18तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
3समुद्रले हेर्यो र भाग्यो । यर्दन पछि फर्कियो ।
4पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
5ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
6ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
4मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् ।
4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।
5पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्ट हुन्छन् ।
5हे परमप्रभु, आकाशलाई खोल्नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्नुहोस् ।
8त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।
7तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।
6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
7मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
24मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
5सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्नेछन् ।
6जातिहरू क्रुद्ध भए र राज्यहरू हल्लिए । उहाँले आफ्नो सोर उचाल्नुभयो र पृथ्वी पग्लियो ।
8स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।
14परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्चले कराउनुभयो ।
3परमेश्वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
8परमप्रभुको सोरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्छ ।
21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
11तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।
24बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् ।
7तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
8तपाईंले तिनीहरूका निम्ति तोक्नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
12तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
19हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
20त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
7किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।