इब्रानीहरू 6:16

अनलक शाब्दिक बाइबल

किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 22:11 : 11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।
  • यहो 9:15-20 : 15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए । 16 इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए । 17 त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए । 18 इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे । 19 तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ । 20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।”
  • २ शमू 21:2 : 2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
  • यहे 17:16-20 : 16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ । 17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ । 18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन । 19 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु । 20 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।
  • मत्त 23:20-22 : 20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । 21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
  • इब्रा 6:13 : 13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
  • उत्प 14:22 : 22 अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्‍च परमेश्‍वर, स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु,
  • उत्प 21:23 : 23 यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर, कि तिमीले म, मेरा सन्तति र मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ । मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता म, र तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू ।”
  • उत्प 21:30-31 : 30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।” 31 यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।
  • उत्प 31:53 : 53 अब्राहामका परमेश्‍वर, नाहोरका परमेश्‍वर र तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् । याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • इब्रा 6:17-18
    2 पदहरू
    81%

    17परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।

    18त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।

  • 13किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।

  • 12यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।

  • १ इति 16:16-17
    2 पदहरू
    73%

    16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।

    17यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

  • इब्रा 7:20-22
    3 पदहरू
    71%

    20अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।

    21तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।”

    22जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ ।

  • 15यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।

  • 15भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।

  • 2जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।

  • 16पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्‍वरद्वारा आशिषित्‌ हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन् ।

  • मत्त 5:33-34
    2 पदहरू
    68%

    33फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’

    34तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो;

  • 6त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।

  • भजन 105:9-10
    2 पदहरू
    68%

    9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

    10यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

  • 24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”

  • 4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।

  • मत्त 23:20-22
    3 पदहरू
    68%

    20अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।

    21अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।

    22अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।

  • 73त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।

  • 16यो परमप्रभुको घोषणा हो, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले

  • 31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने

  • 22कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,

  • 14तिनीहरूले ठूलो सोर, चिच्‍च्‍याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।

  • 31यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए ।

  • 18अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’

  • 7ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।

  • इब्रा 9:16-17
    2 पदहरू
    66%

    16किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।

    17किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।

  • 6तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ ।

  • 28किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।

  • 4तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।

  • 3मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र?

  • 11आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।

  • 18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।

  • 17कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।

  • 37तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।

  • 18किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन ।

  • 10यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,

  • 11मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”

  • 106मैले शपथ खाएको छु र ‍पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु

  • 3किनकि हामी जसले विश्‍वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्‍नुभयो, यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए ।

  • 16तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”

  • 13कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ ।