मत्ती 23:20
अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
17ए दृष्टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्वरकहाँ अर्पण गर्ने मन्दिर?
18अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’
19ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्वरकहाँ अर्पण गर्ने वेदी?
21अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
22अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
22कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्यो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खान्छ भने,
31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने
33फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
34तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्वरको सिंहासन हो;
35न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
36न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
37सात दिन लगाएर वेदीको लागि प्रायश्चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।
23परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।
24मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
25तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
26तिमीहरूको नग्नता नदेखियोस् भनेर खुट्किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।
10हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
10तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।
4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
2जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
28होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।
29ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।
13के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्ने तिमीहरूलाई थाहा छैन र?
28त्यसैले हामीले भन्यौँ, 'यदि भविष्यमा हामीलाई वा हाम्रा सन्तानहरूलाई यसो भनिएमा, हामीले भन्नेथियौँ, “हेर, यो वेदीको प्रतिरूप, जुन हाम्रा पुर्खाहरूले न त होमबलि, न त बलिदानहरूको निम्ति, तर हामीहरू र तिमीहरू बिच गवाही हुनको निम्ति बनाए ।”
16किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्चयता दिन्छ ।
12यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
25“यो कुरो पवित्र छ,” भनी हतारमा भन्ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
6तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई होमबलि चढाउनू ।
18त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।
20अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।
13परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।
9होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु ।”
13किनकि परमेश्वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
8यी कुराहरूले बनाइएको अन्नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
22तर तिमी मलाई भन्छौ, 'हामी परमप्रभु हाम्रा परमेश्वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?
14कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्यो भने त्यो परमेश्वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
17यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
4ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?”
5र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु ।
16अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।
28जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए ।
26त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् । त्यसैले हामीले भन्यौ, 'एउटा वेदी बनाऔँ, न त कुनै होमबलि न त कुनै बलिदानको निम्ति,
16पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
1¶ तब दाऊदले भने, “इस्राएलको निम्ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्वरका मन्दिरको ठाउँ यहीं हुनेछ ।”
12मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।