इब्रानीहरू 7:5

अनलक शाब्दिक बाइबल

एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 35:11 : 11 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् ।
  • उत्प 46:26 : 26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्‍ना सन्‍तान जम्‍मा छयसट्ठी जना थिए ।
  • निर्ग 1:5 : 5 याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
  • निर्ग 28:1 : 1 ¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।
  • लैव्य 27:30-33 : 30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ । 31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् । 32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ । 33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”
  • गिन 16:10-11 : 10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ! 11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन्?
  • गिन 17:3-9 : 3 लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्‍नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ । 4 तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्छ, जहाँ मैले तँलाई भेट्छु । 5 मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।” 6 यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो । 7 त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे । 8 अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो! 9 मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए । 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।”
  • गिन 18:7 : 7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
  • गिन 18:21-32 : 21 हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु । 22 आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् । 23 लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन । 24 मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।” 25 परमप्रभुले मोशालाई भन्‍नुभयो, 26 “तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।” 27 तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ । 28 यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ । 29 तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।' 30 यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् । 31 बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो । 32 यदि तिमीहरूले प्राप्‍‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ' ।”
  • १ राजा 8:19 : 19 तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'
  • २ इति 31:4-6 : 4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् । 5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो । 6 यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।
  • नहे 13:10 : 10 लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ ।
  • इब्रा 5:4 : 4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।
  • इब्रा 7:10 : 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • इब्रा 7:6-15
    10 पदहरू
    86%

    6तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।

    7ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।

    8यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ ।

    9र यस सन्दर्भमा भन्‍नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए,

    10किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।

    11अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?

    12किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।

    13किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।

    14अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् ।

    15यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्‍ट छ ।

  • 4हेर, यिनी कस्ता महान् व्यक्‍ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।

  • 21हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।

  • 9त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)

  • नहे 10:37-38
    2 पदहरू
    75%

    37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

    38लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्‍वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।

  • 5“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”

  • गिन 18:6-7
    2 पदहरू
    73%

    6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

    7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”

  • 2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

  • इब्रा 7:1-2
    2 पदहरू
    73%

    1¶ यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।

    2अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”

  • 10उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!

  • गिन 18:23-26
    4 पदहरू
    73%

    23लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।

    24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”

    25परमप्रभुले मोशालाई भन्‍नुभयो,

    26“तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।”

  • गिन 3:6-7
    2 पदहरू
    72%

    6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

    7तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ ।

  • 28यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ ।

  • 22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।

  • 7परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् ।

  • 1¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।

  • व्यव 18:1-2
    2 पदहरू
    70%

    1¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।

    2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।

  • 9तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् ।

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।

  • 5पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ ।

  • 10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।

  • 8के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।

  • 48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।

  • गिन 8:14-15
    2 पदहरू
    69%

    14१तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।

    15त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।

  • 4यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।