इब्रानीहरू 9:20
तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ भने,
14झन् कति धेरै ख्रीष्टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो?
15यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्त गर्न सकून् ।
16किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
17किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
18त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
19किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के ।
6मोशाले आधा रगत लिएर त्यसलाई कचौरामा हाले । तिनले बाँकी आधा रगत भने वेदीमा छर्के ।
7तिनले करारको पुस्तक लिएर मानिसहरूले सुन्ने गरी चर्को सोरमा पढे । तिनीहरूले भने, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी पालन गर्नेछौँ । हामी आज्ञाकारी बन्नेछौँ ।”
8तब मोशाले रगत लिएर त्यसलाई मानिसहरूमाथि छर्के । तिनले भने, “यी सबै वचनसहित तिमीहरूलाई यो प्रतिज्ञा दिएर यो परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करारको रगत हो ।”
21यसरी नै, उनले पवित्रस्थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
22अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।
20भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
24उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”
28किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
24अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
25त्यसरी नै खाइसक्नुभएपछि कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”
11किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्चित्त गर्दछ ।
19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
19यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।
20पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ ।
19उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।
4तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।
5अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।
17र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
18परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
12बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।
18हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”
1¶ परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
9हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
9त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।
28परमप्रभु मोशासँग यसरी बोल्नुभयो,
8पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्थान रहुञ्जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
9वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
19तर तिमीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
16तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।
28त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
9तब उहाँले भन्नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ ।
20अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्वरले,
11ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
14अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
4किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ ।
30पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
16तब परमेश्वरका मानिस मोशाको व्यवस्थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्नो स्थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।
5तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्वरले भन्नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
6तर अहिले ख्रीष्टले प्राप्त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्यस्थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्थापना गरिएको छ ।
20तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्चित गर्नू ।