होशे 11:11

अनलक शाब्दिक बाइबल

तिनीहरू मिश्रदेशबाट चराझैं र अश्‍शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्‍नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 11:11 : 11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
  • यशा 60:8 : 8 बादलझैं र ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्?
  • हो 7:11 : 11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।
  • जक 10:10 : 10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।
  • हो 9:3-6 : 3 तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् । 4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन । 5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ? 6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
  • आमो 9:14-15 : 14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् । 15 म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।
  • ओबद 1:17 : 17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।
  • यिर्मि 31:12 : 12 तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।
  • यहे 28:25-26 : 25 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्‍न सक्‍छन् । त्‍यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्‍ना मन्‍दिरहरू बनाउनेछन् । 26 त्‍यसपछि तिनीहरू त्‍यसभित्र सुरक्षित रहनेछन्, र मन्‍दिरहरू बनाउनेछन्‌, दाखबारी लगाउनेछन्‌ । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्‍याय गर्दा, तिनीहरू त्‍यहाँ सुरक्षित रहनेछन्‌ । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”
  • यहे 36:33-34 : 33 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु । 34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।
  • यहे 37:21 : 21 तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्‍दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।
  • यहे 37:25 : 25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
  • हो 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।

  • जक 10:8-12
    5 पदहरू
    74%

    8म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!

    9मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।

    10किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।

    11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।

    12तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • हो 7:11-12
    2 पदहरू
    74%

    11एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।

    12जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।

  • 12एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • 16इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।

  • 8बादलझैं र ढुकुरहरू आफ्‍ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्?

  • 37हेर्, मेरो रिस, क्रोध, गर्जन र ठुलो रिसले मैले तिनीहरूलाई धपाएको हरेको देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु । तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन र तिनीहरूलाई सुरक्षितसाथ बस्‍नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु ।

  • 26तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्‍नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।

  • 5के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?

  • 8त्‍यसको सटोमा, तिनीहरूले यसो भन्‍नेछन्, 'इस्राएलको घरानाका सन्तानहरूलाई उत्तर देश र जहाँ तिनीहरू धपाइए, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' तब तिनीहरूका आफ्नै देशमा तिनीहरू बस्‍नेछन् ।

  • यशा 7:17-19
    3 पदहरू
    70%

    17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”

    18त्यस बेला परमप्रभुले झींगालाई मिश्रदेशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।

    19तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्‍नेछन् ।

  • 18तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌ ।

  • 16तर तिमध्येबाट केही बाँचेर उम्‍कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्‍ना अधर्मको निम्ति शोक गर्नेछ ।

  • यशा 11:11-12
    2 पदहरू
    70%

    11त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।

    12उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।

  • 15म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।

  • 1¶ “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 6म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।

  • 17तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।

  • 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।

  • 6जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 14बरु, तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 15तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु ।

  • 6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।

  • 3तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् ।

  • 8यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।

  • 13त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।

  • 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

  • 9“मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु ।

  • 10“सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 16तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।

  • 33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।

  • 15त्‍यसपछि म ती जातिहरूलाई जरैदेखि उखेलेपछि म तिनीहरूलाई दया देखाउनेछु, र तिनीहरूलाई फर्काएर ल्याउनेछु । म हरेक मानिसलाई त्यसको आफ्नै उत्तराधिकार र देशमा फर्काएर ल्याउनेछु ।

  • 16यसकारण यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको पवित्रस्‍थान भएको छु ।’

  • 10“हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्‍नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।

  • 12परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”