होशे 12:8
एफ्राइमले भन्यो, “निश्चय नै म धेरै धनी भएको छु । आफ्नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्टाउनेछैनन् ।”
एफ्राइमले भन्यो, “निश्चय नै म धेरै धनी भएको छु । आफ्नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्टाउनेछैनन् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् ।
12एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।
8ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”
11किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
17तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।'
1¶ एफ्राइमले हावा खान्छ र त्यसले पूर्वीय बतासको पछि लाग्छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्शूरसँग करार बाँध्दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।
1¶ मैले इस्राएललाई निको पार्ने इच्छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
2तिनीहरूका सबै दुष्ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।
12एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्वरसँग हिंड्दैछ, र म, परमपवित्रमा विश्वासयोग्य छ ।”
5इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।
9सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
3एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्दछु । ए एफ्राइम, तँ अब वेश्याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।
9'म शुद्ध र अपराधरहित छु । म निर्दोष छु, र ममा कुनै पाप छैन ।
7“हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
18मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
11एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्छामा मूर्तिहरूको पछि लागेको छ ।
8गिलाद मेरो हो, र मनश्शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्छन् र तैंले बढी ब्याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
13हेर्, तैंले अन्यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु ।
8एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्तै एफ्राइम छ ।
14एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्यसैलाई फर्काउनुहुनेछ ।
10तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
9न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।
10इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
9“मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्ने बनाउनेछु ।
5ठुलो बुद्धि र आफ्नो व्यापारले तैंले आफ्नो धन-सम्पत्ति बढाएको छस् । यसैले आफ्नो धन-सम्पत्तिको कारणले तेरो हृदय अहंकारी छ ।
7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
1¶ “जब एफ्राइम बोल्थ्यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्च पार्यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्यो ।
12हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
10इस्राएलको घमण्डले आफ्नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।
8तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
6आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?
9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
2किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
7गिलाद मेरो हो, मनश्शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
13लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
8तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।
9कसले भन्न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”
2तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्न छुटेका दाख नै असल छैनन् र?
1¶ इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्जनी दियो, त्यसले त्यति नै धेरै स्तम्भ खडा गर्यो ।
23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
24यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।
5“ए समारिया, तेरो बाछो तिरस्कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
12यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्ना आँखा मूर्तिहरूतिर उचाल्छ, र घिनलाग्दा कामहरू गर्छ,
11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्ने?
12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।
5परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
20परमप्रभु भन्नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
3वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,