लैव्यव्यवस्था 6:3

अनलक शाब्दिक बाइबल

वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 23:4 : 4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
  • लैव्य 19:12 : 12 मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
  • व्यव 22:1-4 : 1 ¶ आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू । 2 तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ । तब यो तिमीले त्यसलाई दिनू । 3 त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू । 4 तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू ।
  • नीति 30:9 : 9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।
  • यिर्मि 5:2 : 2 तिनीहरू भन्‍छन्‍छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”
  • यिर्मि 7:9 : 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?
  • जक 5:4 : 4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
  • मल 3:5 : 5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • निर्ग 22:9-9 : 9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् । 10 कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने 11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 6:4-6
    3 पदहरू
    88%

    4र यदि त्यसले पाप गरेको छ र त्यो दोषी ठहरियो भने, त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको, वा त्यसको जिम्मामा भएको, वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस् ।

    5साथै, त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए, त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस् ।

    6त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।

  • लैव्य 6:1-2
    2 पदहरू
    87%

    1¶ परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

    2“यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,

  • लैव्य 5:3-6
    4 पदहरू
    80%

    3वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।

    4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।

    5यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।

    6त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।

  • गिन 5:6-7
    2 पदहरू
    78%

    6“इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्‍ति दोषी हुन्छ ।

    7त्यसपछि त्यसले आफूले गरेको पाप स्वीकार गर्नुपर्छ । त्यसले आफू चुकेको मूल्य चुक्‍ता गर्नुपर्छ र पाँचौँ हिस्सा थप्‍नुपर्छ । यो त्यसले आघात पुर्‍याएको व्यक्‍तिकहाँ ल्याउनुपर्छ ।

  • 1¶ यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।

  • 22कुनै मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा पाप गर्छ र शपथ खान पर्‍यो भने, र त्‍यो शपथ यस मन्‍दिरभित्र तपाईंका वेदीको सामुन्‍ने खान्‍छ भने,

  • लैव्य 5:16-17
    2 पदहरू
    76%

    16जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

    17परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।

  • 31तापनि त्यो पक्राउ पर्‍यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।

  • 31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने

  • 23तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।

  • 36जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् ।

  • 12तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।

  • 13यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,

  • 19यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”

  • 6तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?

  • 2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।

  • निर्ग 22:6-8
    3 पदहरू
    72%

    6आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।

    7कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।

    8तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।

  • 27यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,

  • 11इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।

  • 2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा

  • 4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

  • 22शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,

  • 26जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।

  • यहे 18:11-12
    2 पदहरू
    71%

    11(उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?

    12यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,

  • 18न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने

  • 10यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।

  • 6धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।

  • 13सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

  • 2जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।

  • 1¶ कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।

  • 3अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”

  • 2त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।

  • 13परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।

  • 27तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।

  • 11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने?

  • 6तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने?

  • 14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।

  • 3त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू ।

  • 20धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ । तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।