होशे 4:19

अनलक शाब्दिक बाइबल

हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:29 : 29 किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
  • यिर्मि 4:11-12 : 11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन । 12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
  • यिर्मि 51:1 : 1 ¶ “परमप्रभु यसो भन्‍नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्‍नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु ।
  • हो 13:15 : 15 एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।
  • जक 5:9-9 : 9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्‍याए । 10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?” 11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
  • हो 10:6 : 6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
  • हो 12:1 : 1 ¶ एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।
  • यिर्मि 17:13 : 13 परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् ।
  • यशा 42:17 : 17 तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, “तपाईंहरू हाम्रा ईश्‍वरहरू हुनुहुन्छ” ।
  • यिर्मि 2:26-27 : 26 चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् । 27 यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन । तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!'
  • यिर्मि 2:36-37 : 36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ । 37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।
  • यिर्मि 3:24-25 : 24 तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् । 25 हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् ।

  • 22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।

  • 24तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् ।

  • हो 2:3-5
    3 पदहरू
    70%

    3होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।

    4त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्‍यागमनका सन्‍तान हुन् ।

    5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

  • 54यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।

  • 10तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् ।

  • 10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।

  • 4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

  • 26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।

  • 12तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

  • विलाप 1:8-10
    3 पदहरू
    69%

    8यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।

    9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”

    10वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।

  • 15तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 12तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्‍यसका फललाई सुकाइदियो । त्‍यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्‍म पारिए ।

  • 38त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्‍नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।

  • 7पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।

  • 36परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस्, र तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस्,

  • 39तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।

  • 13पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।

  • यहे 23:8-10
    3 पदहरू
    69%

    8किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए ।

    9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।

    10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।

  • नहू 3:4-5
    2 पदहरू
    69%

    4टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।

    5सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।

  • 29किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।

  • यहे 23:29-30
    2 पदहरू
    68%

    29उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।

    30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • 8यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।

  • 68%

    17तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,

    18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 15मेरी प्रिय जससित धेरै दुष्‍ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्‍ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।

  • 9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।

  • 27हेर्, म आफ्‍नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्‍द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए ।

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 26चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।

  • 5त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ ।

  • 12जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।

  • 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 5त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।

  • 16तिनीहरू सबै एकसाथ लज्‍जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।

  • 18र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।

  • 16त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,

  • 4ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'

  • 3त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।