होशे 6:2

अनलक शाब्दिक बाइबल

दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 37:11-13 : 11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’ 12 यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्‍याउनेछु । 13 ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्‍नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्‍नेछौ ।
  • यूह 14:19 : 19 तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
  • रोमी 14:8 : 8 किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ ।
  • १ कोरि 15:4 : 4 उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
  • २ राजा 20:5 : 5 “फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् ।
  • भजन 30:4-5 : 4 हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ । 5 किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
  • यशा 26:19 : 19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।
  • उत्प 17:18 : 18 अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”
  • भजन 61:7 : 7 तिनी परमेश्‍वरको सामु सदासर्वदा रहनेछन् ।
  • हो 13:14 : 14 के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।

  • 3हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”

  • 6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।

  • 21हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।

  • 18तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।

  • 19तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।

  • विलाप 3:40-41
    2 पदहरू
    70%

    40हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।

    41हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ:

  • 6परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ ।

  • 40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,

  • 11तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।

  • 19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”

  • 16हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।

  • 6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”

  • 11तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।

  • 8हिजकियाले यशैयालाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ?”

  • 14परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ ।

  • 22“हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ ।

  • 9म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।

  • 40किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।

  • 3हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।

  • 1¶ हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,

  • 4किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!

  • यहे 37:5-6
    2 पदहरू
    67%

    5परमप्रभु परमेश्‍वर यी हाडहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्‍न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।

    6म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्‍नेछु र तिमीहरूमा सास हाल्‍नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।’”

  • 2हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।

  • 7यो परमप्रभुको घोषणा हो, यसकारण हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला तिनीहरूले फेरि यसो भन्‍ने छैनन्, 'इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'

  • 8र साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई-तिहाइ भाग नाश हुनेछ! ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ ।

  • 33उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”

  • 11त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,

  • 21तर उहाँले नै इस्राएललाई स्वतन्‍त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।

  • 26चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।

  • 4उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।

  • 3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ ।

  • 20तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।

  • 30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

  • 3मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”

  • 6बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

  • 8प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।

  • 2यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने?

  • 3किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।

  • 46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।

  • 6परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन ।

  • 8तिनीहरू तल झारिनेछन् र ढल्‍नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं ।

  • 26मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

  • 23हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।

  • 24यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।

  • 30उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।

  • 8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।

  • 12परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”