होशे 6:9
डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन् ।
डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्वासहीन भएका छन् ।
8गिलादचाहिं दुष्ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।
9रगत बगाउनलाई हत्या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्छन् । तिनीहरूले तेरो बिचमा दुष्ट काम गर्छन् ।
10तेरो भित्र भएका मानिसहरूले आफ्ना पिताको नङ्नता प्रकट गर्छन् । तेरो भित्र भएका मानिसहरूले रजस्वला भएकी स्त्रिसँग सम्भोग गरेर अशुद्ध भएका छन् ।
11आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
10इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
4त्यसका अगमवक्ताहरू ढीट र विश्वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।
7मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।
13सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
2भुमिबाट विश्वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ ।
3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
25यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।
9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
26किनकि मेरा मानिसहरूसँगै दुष्ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्छन् र मानिसहरू समात्छन् ।
8मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्छन्, र उनीहरूले धेरै दुष्टता गरून् भन्ने तिनीहरूको इच्छा हुन्छ ।
9पुजारीहरूलाई जस्तो गरियो मानिसहरूलाई त्यस्तै गरिनेछः तिनीहरूका अभ्यासहरूका निम्ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।
11तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
2त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
6तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् ।
1¶ मैले इस्राएललाई निको पार्ने इच्छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
1¶ “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्याय आउँदैछ । तिमीहरू मिस्पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
2विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्न हुन्छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।
15मेरी प्रिय जससित धेरै दुष्ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।
25गर्जने सिंहले शिकार टुक्र्याएझैं त्यसको बिचमा भएका त्यसका अगमवक्ताहरूले एउटा षड्यन्त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्छन् र बहुमूल्य धन लुट्छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन् ।
26त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन् र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्छ ठान्छन्। तिनीहरूले पवित्र कुरा र तुच्छ कुराको बिचमा भिन्नता छुट्याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्छ भएको छु ।
27त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।
11सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
2उजाड-स्थानमा यात्रुहरू बस्नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्थ्यो, म आफ्ना मानिसहरूलाई त्याग्न त्यहाँ जान सक्थे । तिनीहरूलाई मैले छोड्न सके हुन्थ्यो, किनकि सबै व्यभिचारी, विश्वासघातीको जमात हुन्!
6हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् ।
13त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
10त्यसैले म तिनीहरूका पत्नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
10किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
11“अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—
9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
21विश्वासयोग्य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
45तर धार्मिक मानिसहरूले न्याय गर्नेछन् र व्यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्ड दिनेछन् अनि हत्या गर्नेहरूलाई सुनाउने दण्डले तिनीहरूले उनीहरूलाई दण्ड दिनेछन्, किनभने तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूका हातमा हत्याको रगत छ ।
18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।
26चोर समातिंदा त्यो लज्जित भएझैं, इस्राएलको घराना लज्जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्जित हुनेछन् ।
6त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्ट पार्नेछ । ढुकेर बस्ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्वासहीन कामहरू असीमित छन् ।
7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्यो नाउँमा शपथ खान्छन् जो ईश्वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।
2नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्टताले तैंले देशलाई दुषित पारेको छेस् ।
16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
3तिनीहरूले आफ्ना दुष्टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।
2तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
9के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ?
11किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।