यशैया 19:13

अनलक शाब्दिक बाइबल

सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 2:16 : 16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् ।
  • यहे 30:13 : 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
  • जक 10:4 : 4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
  • यिर्मि 46:14 : 14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।'
  • यिर्मि 46:19 : 19 ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन ।
  • यशा 19:11 : 11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
  • गिन 24:17 : 17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।
  • १ शमू 14:38 : 38 तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।
  • रोमी 1:22 : 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
  • १ पत्रु 2:7 : 7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।”
  • यहे 30:16 : 16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 19:10-12
    3 पदहरू
    85%

    10मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।

    11सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”

    12तेरा बुद्धिमान्‌ मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।

  • यशा 19:14-15
    2 पदहरू
    80%

    14परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन् ।

    15मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।

  • यशा 30:2-4
    3 पदहरू
    75%

    2तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।

    3यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,

    4यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।

  • 19अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,

  • हो 7:15-16
    2 पदहरू
    74%

    15मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् ।

    16तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।

  • यशा 19:1-4
    4 पदहरू
    72%

    1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,

    2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।

    3मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।

    4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 7किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।

  • 16साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् ।

  • 16यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् ।

  • 6परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • यहे 30:13-14
    2 पदहरू
    70%

    13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।

    14तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।

  • 3मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।

  • 6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

  • 69%

    24मिश्रदेशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।”

    25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।

  • 17उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।

  • 69%

    19ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन ।

    20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।

    21त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ ।

  • 43जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो ।

  • 1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

  • 21हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्‍छ र त्यसलाई छेडिदिन्‍छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो ।

  • यहे 29:9-10
    2 पदहरू
    69%

    9यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”

    10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

  • 6हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।

  • 9उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो ।

  • 8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

  • 9बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

  • 7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”

  • यहे 30:18-19
    2 पदहरू
    68%

    18तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ ।

    19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 68%

    12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

    13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

  • 14म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ ।

  • 6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • 19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

  • 2“ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ ।

  • 19तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्‍का थाहा छ ।