यशैया 31:3

अनलक शाब्दिक बाइबल

मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 9:17 : 17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
  • यहे 28:9 : 9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्‍नेछस्‌ र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।
  • यिर्मि 15:6 : 6 तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
  • यहे 20:33-34 : 33 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्‍य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्‍याउनेछु । 34 तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्‍याउनेछु, र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्‍याउनेछु ।
  • यिर्मि 37:7-9 : 7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ । 8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।' 9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् । 10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
  • प्रेरि 12:22-23 : 22 मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।” 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
  • २ थेस 2:4-8 : 4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । 5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ? 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । 7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्‍नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न । 8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ ।
  • यशा 30:5 : 5 आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूको कारणले तिनीहरू लज्‍जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्छन् ।”
  • यशा 30:7 : 7 किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।
  • यशा 36:6 : 6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
  • यशा 36:9 : 9 मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
  • व्यव 32:30-31 : 30 तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो? 31 किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् ।
  • भजन 9:20 : 20 हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला
  • भजन 33:17 : 17 घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।
  • भजन 146:3-5 : 3 शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन । 4 जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ । 5 त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 31:1-2
    2 पदहरू
    81%

    1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

    2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 7किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।

  • यहे 30:4-6
    3 पदहरू
    75%

    4तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।

    5कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ ।

    6परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • यिर्मि 46:8-9
    2 पदहरू
    74%

    8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

    9ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ ।’

  • निर्ग 14:17-18
    2 पदहरू
    74%

    17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।

    18तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”

  • निर्ग 14:25-26
    2 पदहरू
    73%

    25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”

    26परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”

  • यशा 19:1-4
    4 पदहरू
    73%

    1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,

    2“मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।

    3मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।

    4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।

  • यशा 30:2-3
    2 पदहरू
    73%

    2तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।

    3यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,

  • यहे 29:6-7
    2 पदहरू
    73%

    6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

    7जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् ।

  • 73%

    20मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ ।

    21त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ ।

  • 12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • 23मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।

  • 9मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।

  • 24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।

  • यहे 30:10-11
    2 पदहरू
    72%

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

    11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

  • 7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।

  • 22यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।

  • 25किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • 6हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।

  • 21हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्‍छ र त्यसलाई छेडिदिन्‍छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो ।

  • 31फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।

  • 15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

  • 3बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।

  • 12जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्‍कर खान्‍छन् । तिनीहरू दुवै एकसाथ ढल्‍छन् ।”

  • 18अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

  • 25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।

  • 8जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • 7कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।

  • 42उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।

  • 3परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्‍न गराउनेछ ।

  • 5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”

  • 3आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।

  • यशा 19:13-14
    2 पदहरू
    70%

    13सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।

    14परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन् ।

  • 23त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।