यशैया 27:2

अनलक शाब्दिक बाइबल

त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 2:21 : 21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्?
  • मत्त 21:33-46 : 33 अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए । 34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए । 35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए । 36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’ 38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे । 40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’ 43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ । 44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।” 45 जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे । 46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए ।
  • लू 20:9-9 : 9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए । 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए । 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ 14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? 16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!” 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’ 18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
  • गिन 21:17 : 17 त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ,
  • भजन 80:8-9 : 8 तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो । 9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो । 10 त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो । 11 यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो । 12 तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्? 13 वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् । 14 हे सर्वशक्तिमान् परमेश्‍वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्‍यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् । 15 तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो । 16 यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्‍ट हुन्छन् । 17 तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् । 18 तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं । 19 हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
  • यशा 5:1-7 : 1 ¶ मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् । 2 उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो । 3 त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर । 4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो? 5 अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ । 6 म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु । 7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।

  • यशा 5:1-5
    5 पदहरू
    76%

    1¶ मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।

    2उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।

    3त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।

    4मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?

    5अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।

  • आमो 9:13-14
    2 पदहरू
    75%

    13यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्‍नेछन् ।

    14मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।

  • 3“म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।

  • 18त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।

  • 17सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 5ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।

  • 2तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्‍छन्?

  • 5सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।

  • 7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • यहे 17:7-8
    2 पदहरू
    73%

    7तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।

    8प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’

  • 7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

  • 23त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्‍यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।

  • 10त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • यशा 16:9-10
    2 पदहरू
    72%

    9साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।

    10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु ।

  • 39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।

  • 72%

    32ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु । तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् ।

    33मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन ।

  • 2त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।

  • 12त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।

  • 15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 15त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।

  • 29तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।

  • 11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्‍ट र घोर दुखको दिनमा फल दिनेछैन ।

  • 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।

  • 17तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'

  • 21मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्?

  • 8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।

  • 6यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।

  • 13हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।”

  • 30तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।

  • 10त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके ।

  • 7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

  • 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • 12“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।

  • 32किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो ।

  • 22ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।

  • 11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।

  • 2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 13दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

  • 30तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्‍नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्‍नुपर्छ र तिनका फल खानुपर्छ ।