न्यायाधीश 9:13
दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8एकपल्ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्य गर्नुहोस् ।’
9तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
10ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
11तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
12ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
14अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
15त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2“ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्दा दाखका बोटको कसरी असल हुन्छ?
3के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्ड्याउनलाई त्यसबाट किला बनाउँछन् र?
9मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।
10त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके ।
5त्यसले देशको केही बिउ लग्यो र ती मलिलो जमिनमा रोप्यो । त्यसले बैंसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो ।
6तब त्यो उम्य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्तो भयो । त्यसका हाँगाहरू ऊतिर फर्किए र त्यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्यो एउटा दाखको बटो भयो र त्यसका हाँगाहरू र मुनाहरू पलाए ।
7तर त्यहाँ ठुला पखेटा र धेरै प्वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यो चीलतिर फर्कायो र आफ्ना हाँगाहरू त्यही चीलतिर नै फैलायो, यसरी त्यसले पानी पाउन सकोस् ।
8प्रशस्त पानीको छेउमा एउटा राम्रो जमिनमा त्यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् ।
1¶ मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
2उनले यो खने, ढुङ्गाहरू हटाए र त्यसमा उत्तम जातको दाख रोपे । उनले त्यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्यसले जङ्गली दाख मात्र फलायो ।
3त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
4मेरो दाखबारीको निम्ति मैले नगरेको त्यस्तो के कुरा त्यसको निम्ति गर्न सकिन्थ्यो? त्यसले दाख फलाओस् भन्ने मेरो आशा हुँदा, त्यसले किन जङ्गली दाखहरू फलायो?
5अब म आफ्नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्नेछु, म त्यसलाई चरनमा बदल्नेछु, त्यसको पर्खला म भत्काउनेछु र त्यसलाई कुल्चीमिल्ची गरिनेछ ।
14हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
6त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
7त्यसको छहारीमा बस्ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
33नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
1¶ म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ ।
7नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
11यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
15मानिसलाई खुसी राख्न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
16परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्नुभयो ।
8मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।
6यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः वनमा भएका रूखहरूभन्दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्दाहरूसित पनि म त्यसरी नै काम गर्नेछु ।
14प्रशस्त पानीको छेउको त्यो अग्लो रूखभन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
12मेरो आफ्नै दाखबारी मेरै सामु छ । हे सोलोमन, ती एक हजार सिक्का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्का यसको फलफुल हुर्काउनेका निम्ति हुन् । प्रेमी प्रेमिकासित बोल्दैः
9मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।
10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो ।
9तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो । त्यसले जरा हाल्यो र देशमा भरियो ।
21मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्?
12दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्नेहरूको आवाज मैले अन्त गरेको छु ।
9तापनि त्यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।
12हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।
17तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्नले र कन्याहरू नयाँ मद्यले हृष्टपुष्ट हुनेछन् ।
2त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
5सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।
9यसकारण, दाखबारीको मालिकले के गर्नेछ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।
39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।