होशे 14:6

अनलक शाब्दिक बाइबल

त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 52:8 : 8 तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्‍वरको करारको विश्‍वस्‍ततामा सदासर्वदा भरोसा गर्नेछु ।
  • भजन 80:9-9 : 9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो । 10 त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो । 11 यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
  • भजन 128:3 : 3 तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।
  • श्रेष्ठ 4:11-15 : 11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ । 12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् । 13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ, 14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्‍जझैँ छन् । 15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः
  • यिर्मि 11:16 : 16 विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्‍नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
  • यहे 17:5-8 : 5 त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो । 6 तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए । 7 तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् । 8 प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
  • यहे 31:3-9 : 3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए । 4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए । 5 मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए । 6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे । 7 त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए । 8 परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन । 9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे । 10 यसैकारण परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
  • दानी 4:10-15 : 10 म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो । 11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो । 12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे । 13 म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए । 14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् । 15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् ।
  • मत्त 13:31 : 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
  • यूह 15:1 : 1 ¶ म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्छ ।
  • रोमी 11:16-24 : 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ । 17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने 18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ । 19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।” 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान । 21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन । 22 तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ । 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । 24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन्?
  • २ कोरि 2:14-15 : 14 तर परमेश्‍वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ । 15 किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।
  • फिलि 4:18 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
  • उत्प 27:27 : 27 याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 7त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।

  • 5इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।

  • यहे 17:5-6
    2 पदहरू
    79%

    5त्‍यसले देशको केही बिउ लग्‍यो र ती मलिलो जमिनमा रोप्‍यो । त्‍यसले बैंसको बोटजस्‍तै प्रशस्‍त पानी भएको ठाउँमा त्‍यो रोप्‍यो ।

    6तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए ।

  • अय्यू 14:8-9
    2 पदहरू
    79%

    8त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ,

    9तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।

  • यहे 17:22-24
    3 पदहरू
    78%

    22परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु ।

    23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।

    24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

  • यहे 31:3-9
    7 पदहरू
    77%

    3हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।

    4धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।

    5मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।

    6आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।

    7त्यसको महान्‌तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।

    8परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।

    9मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।

  • अय्यू 15:32-33
    2 पदहरू
    77%

    32उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।

    33नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।

  • 6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।

  • 1¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।

  • 16परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।

  • भजन 80:10-11
    2 पदहरू
    76%

    10त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो ।

    11यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।

  • 2त्‍यो प्रशस्‍त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको वैभव देख्‍नेछन् ।

  • 16घामको मुनि त्‍यो हरियो हुन्छ, र त्‍यसका पालुवाहरू त्‍यसको सारा बगैँचामा फैलिन्‍छ ।

  • 12धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।

  • 6आउने दिनहरूमा, याकूबले जरा हाल्‍नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।”

  • 13लेबनानको महिमा तँकहा आउनेछ । सल्‍लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु ।

  • 16विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्‍नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।

  • 8त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन ।

  • 16देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।

  • 2त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।

  • 15तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः

  • 13काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्‍ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।

  • 6जैतूनको रुखलाई हल्लाए जसरी पनि शिलाहरू छोडिनेछन्: माथिल्‍लो हाँगामा दुइ-तिन वटा वा फलको सबभन्‍दा अग्लो हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिन्‍छन्— यो परमप्रभु इस्राएलका परमेश्‍वरको घोषणा हो ।

  • 8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 19उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।

  • 8मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।

  • 8प्रशस्‍त पानीको छेउमा एउटा राम्रो जमिनमा त्‍यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्‍यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’

  • 3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।

  • 19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।

  • 9तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

  • 34उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्‍नो गौरव पतन हुनेछ ।

  • 30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।

  • 40तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।

  • 11त्‍यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्‍डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्‍दा माथि उठ्‍यो, र त्‍यसको उचाइचाहिं त्‍यसका पातहरूमा देखिन्‍थ्‍यो ।

  • 15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।

  • 13अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ ।

  • 8तर, ए इस्राएलका पहाडहरू, तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ, किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन् ।